गजेन्द्रमोज्ञनारायण–मुक्तिनाथ रथयात्रा एवम् धार्मिक महोत्सव हुने

Gandaki Ghumau

बेनी, । गण्डकी प्रदेशको प्रमुख धार्मिक स्थल नवलपुरको गजेन्द्रमोज्ञनारायण देखि मुस्ताङको मुक्तिनाथ सम्म रथयात्रा र धार्मिक महोत्सव हुने भएको छ ।

यही चैत १८ देखि २४ गतेसम्म सञ्चालन हुने रथयात्राको तयारीका लागि शनिबार बेनीमा सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । स्वामी कमलनयनाचार्यको नेतृत्वमा गजेन्द्रमोज्ञनारायण देखि मुक्तिनाथसम्म रथयात्रा र धार्मिक महोत्सव हुन लागेको हो ।

वैदिक सनातन संस्कार–संस्कृति, शालग्राम, कालीगण्डकी, गोवंश, जल, प्रकृति, पर्यावरण संरक्षण, सामाजिक एकता, राष्ट्रियता र आदर्श समाजको निर्माण तथा पर्यटन प्रर्वद्धन गर्नुका साथै विश्वशान्ति र राष्ट्र समुन्नतिको कामना गर्ने उद्देश्यले रामनवमी पर्वको अवसरमा रथयात्रा आयोजना गरिएको स्वामी कमलयनाचार्यले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

चैत १८ गते नवलपुरको गजेन्द्रमोज्ञ दिब्यधामबाट देवघाट, १९ गते देवघाट देखि पोखराको रामघाट, २० गते रामघाट देखि बागलुङको पञ्चकोट, २१ गते पञ्चकोट देखि जोमसोम, २२ गते जोमसोम देखि मुक्तिनाथ पुग्ने रथयात्रा टोलीले २३ गते मुक्तिनाथमा हरेराम किर्तन गर्ने र २४ गतेदेखि २०८२ को वडादशैसम्म धार्मिक महोत्सव शुरु गरिने उहाँले बताउनुभयो ।

वेद, उपनिषद्, रामायण, महाभारत, पुराण, गीता, विष्णुसहश्रनाम लगायत स्तोत्ररत्नादि वैदिक शास्त्रहरुको पाठपाराणय, भगवद् आराधना सहित विशेष अनुष्ठान र हवन गरिने छ महिनासम्म सञ्चालन हुने महोत्सव मार्फत पाँच लाख धार्मिक पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

रथयात्रा र धार्मिक महोत्सवले कालीगण्डकी किनारका धार्मिक पर्यटकीय स्थलहरुको पहिचान, प्रचारप्रसार र प्रर्वद्धनका साथै संरक्षण र विकासमा राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको छ । अन्त्ररक्रिया कार्यक्रममा संविधानसभा सदस्य नवराज शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी लगायत विभिन्न धार्मिक एवम् सामाजिक संघ संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...