भदौरे धुरीको पर्यटन बिकासमा जुटे खिवाङबासी

Sinchai Khanipani notice

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–४ खिवाङका बासिन्दा प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको भदौरे धुरीको पर्यटन बिकासमा जुटेका छन् ।

खिवाङ गाउँ देखि साढे दुई घण्टाको यात्रामा पुगिने भदौरे धुरीमा पर्यटक भित्र्याउन स्थानीयबासीले पुर्बाधार निर्माणसँगै प्रचारप्रसारमा जुटेका हुन् । गत आर्थिक वर्षमा गाउँपालिकाको समन्यवमा प्रदेश सरकारको सात लाख रुपैयाँ सहयोगमा भदौरे धुरी जोड्ने पदमार्ग निर्माण भएको छ ।

Shreekrishna hardwear in news

खिवाङ देखि उजा– उपल्लो तला हुदै भदौरे धुरी सम्म विभिन्न ठाउँमा एक हजार ६२० मिटर ढुङ्गाको सिढी सहितको पदमार्ग निर्माण भएको उपभोक्ता समितिले जनाएको छ । पदमार्ग बनेपछि बाटो बिराउने र जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । सुरक्षित र सहज रुपमा भदौरे धुरी पुग्न सकिने भएको खिवाङको जनसुधार युवा क्लवका अध्यक्ष किसान पुनले बताउनुभयो ।

Bhautik ministry notice about road

समुन्द्रि सतहदेखि तीन हजार १५५ मिटरको उचाइमा अवस्थित भदौरे धुरीबाट धवलागिरी गाउँपालिकाका बस्ति, पहाडी भुगोलका साथै सुर्योदय र हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट धौलागिरी, मानापाथी, चुरेन र माछापुच्छ्रे हिमाल देखिन्छ । एकान्त वातावरणमा सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

धौलागिरी चक्रिय पदमार्गमा पर्ने खिवाङ गाउँमा आउने पर्यटकको बसाई लम्बाउन भदौरे धुरीको महत्व र बिशेषताको बारेमा प्रचारप्रसार तथा प्रर्वद्धनमा जुटेका छन् । भदौरे धुरीमा जनसुधार युवा क्लवले हालै भ्यु प्वाइन्ट स्थापना गरेका छन् । ठाउँको नाम र उचाई लेखेर भ्यु प्वाइन्ट राखेका हुन् । थप पुर्बाधारका लागि गाउँपालिका मार्फत पहल गरिएको स्थानीयले बताएका छन् ।

भदौरे धुरीलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न सकिने प्रशस्त सम्भावना रहेको स्थानीय युवा केशरी शर्माले बताउनुभयो । स्थानीयबासीको जागरुकतालाई निरन्तरता दिन स्थानीय, प्रदेश र संघ सरकारको साथ र सहयोग आवश्यक देखिएको छ । भदौरे धुरी पर्यटकीय गन्तब्य स्थल बनेमा खिवागको आर्थिक, सामाजिक बिकासमा पनि सहयोग पुग्छ ।

ओझेलमा परेको ठाउँको पर्यटन विकासका लागि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरिदिएकोमा स्थानीयबासीले धन्यवाद दिएका छन् । आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उनिहरुको अपेक्षा छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...