दानाको मोतिचौर बराहमा १०८ धारा निर्माण सुरु

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतिचौर बराहमा १०८ धारा निर्माण सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत धारा निर्माणको काम शनिबारदेखि सुरु भएको हो । धारा निर्माण गर्न गाउँपालिकाले आठ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

Bhautik ministry notice about road

गाउँ कार्यपालिका सदस्य थमप्रसाद बिक, गाउँपालिकाका सल्लाहकार बेलबहादुर पुर्जा, रुप्से युवा क्लवका अध्यक्ष भिमलाल बुढाथोकी, उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर थापा, सचिब गंगा पुन र नारच्याङका अगुवा मोहन पुर्जाको उपस्थितमा निर्माण सुरु गरिएको थियो ।

Shreekrishna hardwear in news

जनै पुर्णिमाको दिन पुजा आजा र मेला लाग्ने मोतिचौर बराहलाई धार्मिक पर्यटकीय स्थलको रुपमा बिकास गर्ने उद्देश्यले धारा निर्माण गर्न लागिएको उपभोक्ता समितिका सचिव गंगा पुनले बताउनुभयो । मोतिचौर बराहमा जनै पुर्णिमाका दिन पुजाआजा र भाकल गरेमा मनले चिताएको कुरा पुरा हुने विश्वास छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...