महिला उद्यम विकास समितिको साधारण सभा

Gandaki Ghumau

बेनी, । म्याग्दी उद्योग बाणिज्य संघअन्तर्गत महिला उद्यम विकास समितिको ११औं वार्षिक साधारण सभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

सभाको उद्घाटन म्याग्दी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुदर्शन कुमार श्रेष्ठले गर्नुभयो । उद्घाटन समारोहमा उहाँले महिला उद्यम विकास समितिले महिलालाई व्यवसायिक बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आधुनिक प्रविधिसँग समायोजन गर्दै समयसापेक्ष वस्तु उत्पादनमा जोड दिनुपर्ने सुझाव दिनुभयो ।

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन कुमार श्रेष्ठले उद्योग बाणिज्य संघ महिला उद्यम विकास समितिको साथमा रहेको उल्लेख गर्दै समितिलाई निरन्तर समर्थन प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

निवर्तमान अध्यक्ष बेलबहादुर कटुवालले मन्तव्य व्यक्त गर्दै नयाँ व्यवसायी उत्पादनका लागि स्थानीय सरकारको सहयोग आवश्यक रहेको तर महिला उद्यम विकास समितिले मोफसलका व्यवसायीलाई दीगो बनाउन विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

उद्योग बाणिज्य महासंघका पूर्वसदस्य एवं म्याग्दी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष कुबिर कुमार श्रेष्ठले संस्थामा आबद्ध हुने जति महत्वपूर्ण छ, त्यति नै सक्रिय भूमिका निर्वाह गर्नु आवश्यक रहेको औंल्याउनुभयो । साथै, उद्यमशीलतालाई जीवनोपयोगी बनाउँदै निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आठौँ म्याग्दी महोत्सव २०८१ का सहआयोजकका रूपमा संलग्न महिला उद्यम विकास समितिका सदस्यहरूलाई सम्मानपत्र र मायाको चिनो प्रदान गरिएको थियो । साधारण सभामा समितिका कोषाध्यक्ष गीता शर्माले आर्थिक प्रतिवेदन तथा महासचिव प्रमिला श्रेष्ठले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समितिका पूर्वउपाध्यक्ष निर्मला श्रेष्ठ र सञ्चारिका समूह म्याग्दीकी अध्यक्ष देवी जिसीले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

महिला उद्यम विकास समितिकी अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव प्रमिला जोशी श्रेष्ठले गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...