साना किसानको साधारणसभा टोल टोलमा

Sinchai Khanipani notice

बेनी, । जलजला गाउँपालिका–३ मल्लाजमा रहेको साना किसान कृषि सहकारी संस्थाले १६ औ वार्षिक साधारणसभा टोल टोलमा पुगेर गर्न सुरु गरेको छ ।

कोरोनाको जोखिमका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर टोल टोलमा पुगेर साधारणसभा गर्न लागिएको हो । शनिबार फट्केढुङ्गा आधारभूत बिद्यालय र भवानीपानी आधारभूत बिद्यालयमा टोल स्तरीय साधारणसभा भएको छ ।

Bhautik ministry notice about road

संस्थाका अध्यक्ष हेमकुमारी अधिकारीको अध्यक्षता, प्रबन्धक सनिता कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सचिब डम्मरबहादुर घर्ति क्षेत्रीले प्रगति र कोषाध्यक्ष इन्द्रबहादुर अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

८८२ जना सेयर सदस्य रहेको संस्थामा ७३ लाख ३५ हजार १०० रुपैयाँ सेयर पुजि छ । गत आर्थिक वर्षमा छ करोड ५६ लाख ८८ हजार ९२४ रुपैयाँको कारोबार गरेको सहकारीले २४ लाख सात हजार ९८० रुपैयाँ नाफा गरेको जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...