बेनी जोमसोम कोरला सडकका सुपरभाईजर इन्द्रसिंह शेरचन सम्मानित

Gandaki Ghumau

घाँसा, मुस्तांगको थासांग गाउँपालिकाले बिहिबार बेनी जोमसोम कोरला सडक आयोजनाका सुपरभाईजर इन्द्रसिंह शेरचनलाई सम्मान गरेको छ । सडकमा नियमित यातायात सञ्चालन, बाढी पहिरोको समयका फसेका यात्रुको उद्दार र विपद् ब्यवस्थापनमा योगदान गरेकोमा मुस्तांगका थासांग २ नाउरीकोटमा जन्मिएर हाल दानामा बसोबास गर्नुहुने शेरचनलाई सम्मान गरिएको हो ।

Gunasthariya Shiksya

थासांग गाउँपालिकाले तोरनल्ह पर्वको अवसरमा आयोजना गरेको आर्चरी प्रतियोगिताको उद्घाटन समारोहमा प्रतिनिधीसभा सदस्य योगेश गौचन थकाली, गाउँपालिकाका अध्यक्ष प्रदिप गौचन, उपाध्यक्ष सोमल हिराचन लगायतले दोसल्लो ओढाउनुका साथै प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...