तातोपानीमा स्नानका लागि नयाँ पोखरी सञ्चालन

Gandaki Ghumau

बेनी, ः प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्डमा नयाँ पोखरी निर्माण र सञ्चालन गरि स्नान स्थलको क्षमता विस्तार गरिएको छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरेर स्नान स्थलको क्षमता बढाएको हो । समितिका सचिव अमरबहादुर केसी (कुमार)ले तातोपानी स्नान गरेर उपचारका लागि आउनेहरुको चाप बढेपछि निर्माण गरिएको पोखरी शनिबारदेखि परिक्षणका लागि सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।

“म्याग्दी नदीको किनारमा रहेको मुहानबाट तातोपानीलाई पम्पीङ गरेर स्नानका लागि पानी संकलन गर्न निर्माण भएको नयाँ पोखरी सञ्चालनमा ल्याइएको छ,” उहाँले भन्नुभयो “कुण्डमा स्नानका लागि आउनेहरुले तिर्ने प्रवेश शूल्कले निर्माण सामग्री खरिद, मजदुरको ज्याला ब्यवस्थापन र श्रमदान जुटाएर नयाँ स्नानस्थल बनाएका हौ ।”

Shreekrishna

१५÷१५ फिट लम्बाई चौडाई र दुई दशमलब पाँच फिट उचाई भएको पोखरीमा एक पटकमा ८० जनाले स्नान गर्न सक्ने क्षमता रहेको सचिव केसीले बताउनुभयो । हालको तातोपानी स्नानस्थल भन्दा केही माथि म्याग्दी नदीको किनारमा बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तातोपानी निस्कने मुहान छ ।

Gunasthariya Shiksya

उक्त मुहानको पानीलाई विद्युतीय उपकरणको सहायताले पोखरीमा पु¥याउने संरचना निर्माण भएको छ । स्नानस्थल नजिकै सार्वजनिक शौचालय बनाइएको छ । ढल ब्यवस्थापनका लागि नालि निर्माण गर्न बाँकी छ ।

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काका अनुसार तातोपानीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापानका ४४ हजार जनाले तातोपानी स्नान गरेका समितिको तथ्याङ्क छ । रु. तीन सय ५० का दरले शूल्क तिरेर सात देखि १० दिनसम्म स्नान गर्न पाइन्छ ।

छोटो अवधीमा स्नान गर्नेहरुका लागि प्रतिपटक रु. एक सय शूल्क तोकिएको छ । हाल बिरामी र पर्यटक तथा पाहुनाका लागि स्नान गर्नका लागि दुई वटा फरक–फरक पोखरी छन् । भ्रमण आउने र जाडो याममा स्नान गर्नेहरुहरुको मंसिर देखि फागुन चैत महिनासम्म घुइँचो लाग्ने गर्छ ।

ठूलो पोखरीमा एक पटकमा तीन सय जनाले स्नान गर्न सक्ने क्षमता छ । पाहुनाको चाप बढेकाले दुई÷दुई घण्टाको दरले तीन वटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ । हाल दैनिक एक हजार जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले बताउनुभयो ।

प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ । प्रवेश शूल्क र चन्दा सहयोगबाट कुण्डका कर्मचारीहरुको तलब, भत्ता, भौतिक पूर्वाधार निर्माण, सामाजिक कामका साथै तातोपानीमा रहेको सरस्वति माविका पाँच जना निजी स्रोतका शिक्षकहरुको तबलभत्तामा खर्च गरिदै आएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...