क्रिप्टोकरेन्सी प्रयोग गरेर सट्टेबाजी चलाउने बेनी, मल्लाज र भगवतिका युवा पोखरामा पक्राउ

khali

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा/सट्टेबाजी गरेको आरोपमा कास्की प्रहरीले पोखराबाट पाँचजनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूलाई आइतबार प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । सो क्रममा कास्की प्रहरीले पक्राउ परेकाहरूले ३० करोड रुपैयाँको कारोबार गरेको जानकारी दिएको छ । 

पोखरा महानगरपालिका–१४ अनुपम टोलमा शंकास्पद गतिविधि भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र नेपाल प्रहरी प्रदेश कार्यालय गण्डकीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उक्त कारोबार पत्ता लागेको हो ।

पर्वत स्थायी घर भएका रूपेन्द्र जिसीको साढे तीन तलाको घरबाट प्रहरीले क्रिप्टो करेन्सी कारोबार, अनलाइन जुवा÷सट्टेबाजीमा प्रयोग गरिएका विभिन्न इलेक्ट्रोनिक डिभाईसहरू फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।

Shreekrishna hardwear in news

पक्राउ पर्नेमा पर्वत जलजला गाउँपालिका–३ घर भई पोखरा–१४ अनुपममार्ग बस्ने रूपेन्द्र जिसी, म्याग्दीको बेनी नगरपालिका–५ स्थायी घर भई पोखरा–१४ हवेलीमार्ग बस्ने विक्रम बानियाँ, म्याग्दीको रघुगंगा गाउँपालिका–२ घर भइ पोखरा–१४ अनुपम मार्ग बस्ने रोजन केसी, म्याग्दीकै बेनी–२ घर भई पोखरा–१४ अनुपम मार्ग बस्ने सज्जन घिमिरे र म्याग्दी रघुगंगा–२ घर भई पोखरा १४ चाउथे बस्ने सन्दीप कटुवाल रहेका छन् । 

पक्राउ परेकाहरूलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न÷सट्टेबाजी गर्न नहुने कसूरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि उनीहरूलाई आइतबार जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।

khali

सट्टाबाजीमा १५ र क्रिप्टोमा १५ गरी ३० करोडको कारोबारको अनुमान 
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले ३० करोडको कारोबार गरेको प्रहरीले जानकारी दिएको छ । प्रमुख ओलियाका अनुसार उनीहरूले ह्वाट्स एप, टेलिग्राम, क्यासएप, चिमी एप, युएसडिटीमार्फत १५ करोड र अभौतिक मुद्रा १५ करोड गरी ३० करोड कारोबार गरेको देखिएको जानकारी दिए । उनीहरूले दैनिक तीन सिफ्ट खेलाउने र कम्तीमा एक सिफ्टको तीन हजार अमेरिकी डलरको दरले अनलाइन ग्याम्बलिङ गराउने गरेको ओलियाले जानकारी दिए । उनीहरूले आफ्नो तथा आफन्तको नाममा विभिन्न बैंकहरूमा खाता खोली कारोबार गरेको देखिएकोसमेत ओलियाले बताए ।

पक्राउ पर्नेमा पिएचडी गर्दैगरेकादेखि इन्जिनियर र व्यापारीसम्म
पक्राउ पर्नेहरू पिएचडी गर्दैगरेकादेखि आइटी इन्जिनियर र व्यापारी पृष्ठभूमिसम्मका रहेका जिल्लाा प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । 

पक्राउ परेका पाँच जनामध्ये मुख्य नाइके भने रूपेन्द्र जिसी रहेको र अन्य चारजना उनका आफन्त रहेको खुलेको छ । आइटी इन्जिनियरमा पिएचडी गर्दैै गरेका रूपेन्द्र १० वर्षदेखि अमेरिका बसेर काम गर्दै आएका थिए । रूपेन्द्र एक महिनाअघि मात्रै छुट्टीमा नेपाल आएका थिए ।

यसैगरी, पक्राउ परेका अन्य चारमध्ये विक्रम बानियाँ रूपेन्द्रका फुपुका छोरा हुन्, उनको पोखराको चिप्लेढुंगामा फेन्सी पसल रहेको छ । स्नातक दोस्रो वर्षमा पढ्दै गरेका रोजन केसी रूपेन्द्रका सानीआमाको छोरा हुन् । स्नातक चौथो वर्षमा पढ्दै गरेका सज्जन घिमिरे रूपेन्द्रका फुपुका छोरा हुन् भने कन्सल्टेन्सीका सञ्चालक सन्दीप कटुवाल रूपेन्द्रका बहिनी ज्वाइँ हुन् । 

पाँचजना मध्ये रूपेन्द्रले अमेरिकामा बसेर अपरेटिङको काम गर्दै आएका थिए भने नेपाल एजेन्सीको रूपमा विक्रम र सन्दिपले काम गर्दै आएका थिए । अन्य दुईजना रोजन र सज्जनले बंैक खाताको अपरेटरको काम गर्दै आएका थिए । उनीहरूले विभिन्न २७ प्लेटफर्मको प्रयोग गर्दै काम गरेको प्रहरीको भनाइ छ ।  

१४ प्रकारका इलेक्ट्रोनिक डिभाइसहरू फेला
प्रहरीले उनीहरूको साथबाट क्रिप्टोकरेन्सीमा प्रयोग तथा जुवा वा सट्टाबाजीका लागि प्रयोग हुने १४ प्रकारका इलेक्ट्रोनिक डिभाइसहरूसमेत बरामद गरेको जनाएको छ। प्रहरीका अनुसर मोबाइल फोन ३१ थान, कम्प्युटर मनिटर दुई थान, कम्प्युटर सिपियू तीन थान, ल्याप्टप चार ४ थान, आइप्याड एक थान, किबोर्ड दुई थान, माउस एक थान, राउटर ४ थान, पेनड्राइभ तीन थान, हार्डडिक्स एक थान, मल्टिप्लक एक थान, चार्जर ११ थान, युएसबी पोर्टसहितको स्टेन्ड एक थान, स्ट्याम्प छाप एक थानलगायतका सामानसहित ७२ हजार पाँच सय नगद बरामद गरेको छ। रोहितराज पराजुली, नयाँ पत्रिका पोखरा
 

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...