म्याग्दीका जिसस प्रमुख राजकुमार थापा एमालेबाट निलम्बित

Gandaki Ghumau

पोखरा । एमाले गण्डकी प्रदेश कमिटिले सहकारी ठगीको आरोप लागेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको छ । पोखरामा मङलवार बसेको एमाले गण्डकी प्रदेश कमिटिको चौथो सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले म्याग्दी जिल्ला कमिटीका पूर्व उपसचिव, प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य समेत रहेका थापालाई अदालतमा विचाराधीन मुद्दाको किनारा नलागेसम्मका लागि जिम्मेबारीबाट निलम्बन गर्ने निर्णय गरेको प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

निलम्बनमा परेका थापा म्याग्दीको बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका छन् । थापासहित २५ जनाविरुद्ध म्याग्दी जिल्ला अदालतमा रु. एक अर्ब १३ करोड विगो माग गर्दै यही फागुन १५ गते मुद्दा दर्ता भएको थियो ।

Shreekrishna

जिल्ला प्रहरी कार्यालय म्याग्दीले दिएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकीलको कार्यालय म्याग्दीले जिसस प्रमुख थापासहित २५ जनाका विरुद्ध सहकारी ठगी आरोपमा अदालतमा आरोपत्र दर्ता गरेको थियो ।

बेनी नगरपालिका–१ घर भएका ३६ वर्षका थापासँग १७ करोड ५८ लाख ६३ हजार ४२६ रुपैयाँ बिगो माग गरिएको छ । थापा कुमारीका पूर्वसचिव, उपाध्यक्ष र ऋण समितिका पदाधिकारी समेत हुन् । एमाले म्याग्दीका पूर्वजिल्ला उपसचिव समेत रहेका थापा ०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका थिए ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...