धवलागिरीको कास्काम खोलामा बन्यो झोलुङ्गे पुल

Gandaki Pardesh notice

खोरिया, ः म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरिया स्थित कास्काम खोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।

कास्काम खोला खोरिया गाउँ हुदै ढोरपाटन शिकार आरक्ष जाने बाटोमा पर्छ । कुल रु. ३७ लाख २४ हजार को लागतमा ५० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष भबिराम पुर्जाले जानकारी दिनुभयो ।

“२०७६ मंसिर १६ गते सम्झौता भएको पुल निर्माण २०७७ असार महिनाभित्र सपन्न गर्ने लक्ष्य भएपनि चैत पहिलो हप्तासम्म भएको हिमपात, कोरोनाको जोखिम, लकडाउन र पहिरोका कारण प्रभावित भएको थियो,” उहाँले भन्नुभयो “दशै लगत्तै सुरु गरेको पुल निर्माण कार्यलाई पुर्णता दिएका छौ ।”

Shreekrishna hardwear in news

यो पुलबाट खोरिया, र मरेनीका ८९ घरका ४३१ जनसंख्याका साथै ढोरपाटन शिकार आरक्ष जाने आउने पर्यटकहरुलाई पनि सुबिधा पुग्ने उपभोक्ता समितिले जनाएको छ । खोरियाका रामबहादुर पुर्जाका अनुसार कास्काम खोलामा झोलुङ्गे पुल नहुँदा बर्खा याममा जोखिम मोलेर आवत जावत गर्नुपर्ने समस्या थियो ।

Bhautik ministry notice about road

पुल बनेपछि सहज र सुरक्षित रुपमा आवत जावत गर्न सकिने भएको छ । रु. ३८ लाख ३३ हजार ३७० लागत अनुमान गरिएको पुल निर्माणमा राज्यको करिब रु. एक लाख बचत भएको छ । धवलागिरी गाउँपालिका मार्फत पुल निर्माणका लागि झोलुङ्गे पुल क्षेत्रगत सहयोग कार्यक्रम .(टिबिएसयु)ले लट्ठा र बुल्डअफ ग्रिप उपलब्ध गराएको थियो ।

गैरसरकारी संस्था मिलन म्याग्दीले प्राबिधिक र सामाजिक सेवा उपलब्ध गराएको हो । पुलको शुक्रबार धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो । सडक सुबिधा नपुगेका भौगोलिक रुपमा बिकट र दुर्गम बस्तिको जनजिवनलाई सहज बनाउन झोलुङ्गे पुल प्रभावकारी बनेको अध्यक्ष पुनले बताउनुभयो ।

उद्घाटनसँगै पुल निर्माणमा भएको आम्दानी खर्च बिवरण सार्वजनिक र संरक्षण समिति समेत गठन भएको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालका अनुसार गत आर्थिक वर्षमा सुरु भएका पाँच वटा मध्य तीन वटा निर्माण सकिएका छन् । चालु आर्थिक वर्षमा थप ८ वटा पुल निर्माण गर्न सिफारिस भएको छ । खोरियाको कास्काम, गुर्जाको दोप्ताखोला र मुदीको देमुघाट झोलुङ्गे पुल निर्माण सकिएको हो ।

मल्कवाङ्गको खालीखोला झोलुङ्गे र सिमकोसको जुरकुश खोला ट्रस पुल निर्माणको अन्तिम चरणमा रहेका गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीले बताउनुभयो । पुल निर्माणमा गाउँपालिकाले कुल लागतको छ प्रतिशत लगानी गरेको छ । टिबिएसयुको प्राबिधिक सेवा प्रदायक संस्थाका प्राबिधिक अधिकृत उमेश तामाङले म्याग्दीमा गत आर्थिक वर्षमा सुरु भएका १८ वटा झोलुङ्गे पुल मध्य पाँच वटा निर्माण सकिएका बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...