शिवध्वजारोहण साथै स्नेह मिलन समारोह

Gandaki Ghumau

बेनी, । महाशिवरात्रि पर्वको अवसरमा भगवान शिवको प्रसादका रुपमा भाङ, धतुरो, गाँजा लगायत अन्य नसालु पदार्थ सेवन गर्नुपर्छ भनेर शास्त्रमा कतै उल्लेख नभएकाले विकृतिरहित शिवरात्री पर्व मनाउनुपर्ने म्याग्दीमा बुधबार आयोजित एक कार्यक्रमका सहभागीको जोड रहेको छ ।

भगवान् शिवजी उत्पत्तिभएको रातका नामबाट नामकरण भएको पर्वलाई उत्साह र उमंगले शिवालय मन्दिरमा पुगेर विधिपूर्वक पूजा, आराधनाले मनाउनुपर्नेमा नयाँ पुस्तालाई कुलतको बाटोमा लैजाने गरी विभिन्न स्थानमा प्रसादका रुपमा प्रयोग गरिने ’शिवबुटी’ को भ्रमलाई हटाउनुपर्ने बताइएको थियो ।

Gunasthariya Shiksya

शिवरात्रि अवसरमा ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय बेनी शाखाले आयोजना गरेको ८९ औं शिवरात्री महोत्सव एवं शिवध्वजारोहण साथै स्नेह मिलन समारोहमा गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारीले आफ्नो मेहनतलाई नै सफलताको कारण मान्नुपर्ने बताउनुभयो ।

Shreekrishna

सोही अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी अनिषा आचार्य, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, राष्ट्रिय अनुसन्धान प्रमुख सविन श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सन्दिप खत्री, म्याग्दी जेसीजका अध्यक्ष विनोद घर्ती क्षत्री लगायतको विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले महाशिवरात्रिमा दर्शनार्थी, साधुसन्त, कसैले पनि लागूपदार्थजन्य बस्तुको प्रयोगमा रोग लगाउनुपर्ने बताइएको थियो ।

ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय बेनी शाखाकी प्रमुख रिना दिदीले शिवारत्रीका दिन गाँजा खानुपर्छ भनेर शास्त्रमा कतै उल्लेख नगरिएकाले दुव्र्यसनका पछि लाग्नेहरुलाई सचेत बनाउन आध्यामिक ज्ञानको आवश्यकता रहेको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...