दुखुबेसीकी जसमतीले ७६ वर्षमा नागरिकता पाउनुभयो

khali

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दुखुबेशीकी जसमती सुनारले मङ्गलबार ७६ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । वि.सं. २००५ मङ्सिर १६ गते जन्मनुभएकी जसमतीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

श्रीमान बलबहादुर विकले पहिला नै कान्छी श्रीमती ल्याएर बेवास्ता गरेको, अन्य आफन्तको बेवास्ता, जग्गा जमिन पनि केही नभएका कारण नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष पथबहादुर रोकाले जिल्ला प्रशासन कार्यालयमा सनाखत बसेर नागरिकता बनाइदिनुभएको हो ।

सदरमुकाम बेनीदेखि २४ किलोमिटर टाढाको दुरीमा रहेको दरबाङबाट वडाध्यक्ष रोकाले आफ्नै व्यक्तीगत खर्चमा जसमतीलाई जिल्ला प्रशासन कार्यालय ल्याउनुभएको थियो । पहिले श्रीमानले कान्छी श्रीमती ल्याएर बेवास्तामा पर्नुभएकी ७६ वर्षीया जसमती सोही गाउँपालिकाको वडा नम्बर ४ मा विवाह गरेर जानुभएकी छोरीको परिवारसँगै बस्दै आउनुभएको छ । श्रीमानको पनि पहिल्यै निधन भएको वडाध्यक्ष रोकाले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
khali

वडाध्यक्ष रोका मगरले जसमतीको विषयमा सबै कुरा बताएपछि प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सबै ब्यहोरा खुलाएर सिफारिस बनाएर ल्याउन आग्रह गर्नुभएको थियो । मङ्गलबार नै राष्ट्रिय परिचयपत्र बनाएकी जसमतीलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन प्रक्रीया अघि बढाइएको छ ।

मङ्गलबार नै दरबाङ स्थित वडा कार्यालय पुगेर सामाजिक सुरक्षा भत्ताका लागि उहाँको फाराम भरिदिएको वडाध्यक्ष रोकाले बताउनुभयो । ‘‘नागरिकता बनेपछि महिनाको चार हजार रुपियाँ भत्ताले एक जनाको दुःख–सुख जीविका चल्छ’’ उहाँले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी ढकालले हिंसा पिडित जसमतिको समस्या बुझेपछि जनप्रतिनिधीको रोहबरमा नागरिकता प्रदान गरिएको र यसबाट जसमतिलाई सरकारले दिने सेवा सुविधा प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

आफ्नो समस्या बुझेर नागरिकता प्राप्त गर्न सहजिकरण र सहयोग गर्ने प्रजिअ ढकाल र वडा अध्यक्ष रोकालाई जसमतिले धन्यवाद दिनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...