कालीपुलको सडकमा अक्सफाल्ट कालोपत्र गर्ने काम शुरु

Gandaki Ghumau

म्याग्दी ः म्याग्दीको प्रवेशद्धारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्कमा ठेक्का अवधी सकिएको १३ दिनपछि मंगलबारदेखि सडक कालोपत्रको काम शुरु भएको छ ।

चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुल देखि बगरफाँट जोड्ने झोलुङ्गे सम्म पाँच सय मिटर दुरीमा अक्सफाल्ट प्रविधीको कालोपत्र गर्न लागिएको आयोजनाका ईञ्जिनियर बिष्णु चापागाईले बताउनुभयो ।

म्याग्दी जिल्लामा पहिलो पटक अक्सफाल्ट प्रबिधीको कालोपत्र गरिएको उहाँले बताउनुभयो । उक्त सडक कालोपत्र गर्न गर्न २०८१ भदौ १४ गते बेनीको सक्षम ब्रर्दश प्रा.लीले रु. ९२ लाख ४१ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna

माघ मसान्तमा ठेक्का सम्झौताको अवधी सकिएपछि फागुन १ गतेदेखि लागु हुने गरि कुल रकमको दैनिक ०.०५ प्रतिशतका दरले निर्माण कम्पनीलाई हर्जना तिराइएको आयोजनाले जनाएको छ । बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले जनप्रतिनिधी र स्थानीबासीहरुको दवाव, सम्बद्ध निकायले जरिवाना तिराउन थाल्नुका साथै समाचार प्रकाशन भएपछि निर्माण ब्यवसायीले सम्झौता गरेको पाँच महितापछि कालोपत्र गर्न थालेका बताउनुभयो ।

Gunasthariya Shiksya

सम्झौता लगत्तै कार्यस्थलमा आएको निर्माण कम्पनीले पुरानो कालोपत्र भत्काएर बेस र सबबेस राख्ने र गत महिना बिटुमिन बिछ्याएको थियो । उक्त कम्पनीको कालोपत्र गर्ने उपकरण नभएको र अरुका उपकरणमा निर्भरपर्दा ढिलाई भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

निर्माण सामग्री र उपकरण व्यवस्थापन जुटाउन अन्य निर्माण कम्पनीहरुसँग सहजिकरण गरेर कालोपत्र गर्ने वातावरण मिलाएको उहाँले बताउनुभयो । म्याग्दी, १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, नगर प्रमुख केसी, वडा अध्यक्ष कर्माचार्यले कालोपत्र भइरहेको सडकको मंगलबार साँझ अनुगमन गर्नुभएको थियो ।

गुणस्तरीय हिसाबले सडक कालोपत्रको काम गर्न सांसद भण्डारीले निर्माण ब्यवसायी र आयोजनाका प्राविधिकहरुलाई निर्देशन दिनुभयो । यसअघि वि.स. २०७६ चैतमा गरिएको डिबिएसडी प्रविकिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने र धुलो भएको थियो ।

सक्षम ब्रर्दशका सञ्चालक मनोज कार्कीले मंगलबार रातीसम्म काम गर्ने, बुधबार शिवरात्री पर्व भएकाले काम रोकिने र बिहिबार सम्पन्न गर्ने बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...