साहित्यकार श्रेष्ठको २६औं कृति ‘बलमान र बाह् व्यक्तित्व’

Gandaki Ghumau

बेनी । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठको २६ औं कृति ‘बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्ग्रहको विमोचन गरिएको छ ।

म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्गी पुन मगरको छैटौं स्मृति दिवसमा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं. ४, च्यूरीबोटमा विमोचन कार्यक्रम सम्पन्न गरिएको हो ।

पुस्तक विमोचनमा नेपाली कांग्रेस, म्याग्दीका उपसभापति केबि भण्डारी, गण्डकी प्रदेश सदस्य अनोद श्रेष्ठ, स्थानीय जेष्ठ नागरिक सोमप्रसाद घर्ति, स्व. नन्दबहादुर मल्लकी पत्नी शिवकुमारी मल्ल, स्व. भीमबहादुर घिमिरेका छोरा भूपेन्द्र घिमिरे, शर्मा डेक्सटपका प्रमोद शर्मा सहभागी हुनुभएको थियो ।

Shreekrishna

स्व. पुन मगरका छोराहरू तमबहादुर पुन र भेजेन्द्रमान पुनका साथै स्थानीय वडा सदस्य टिकाकुमारी गोतामे, सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम पुन, ओखरबोट माविका पूर्व प्र. अ. गोकुल घर्ति मगर लगायतको संलग्नतामा पुस्तक विमोचन गरिएको थियो ।

Gunasthariya Shiksya

अजयमिलन श्रेष्ठद्वारा लिखित उक्त पुस्तकको प्रकाशक सृजना रहेका छन । एक सय छ पेजमा संरचित उक्त पुस्तकमा बलमान पुनका साथै अन्य बाह्र जना दिवंगत व्यक्तिको जीवनी समाहित छ । पुस्तकमा पूर्व जनप्रतिनिधि, शिक्षाप्रेमी एवम् समाजसेवी व्यक्तित्वहरू गोरखबहादुर थापा, जीतबहादर पुन, धनराज पहरे पुन, कुलप्रसाद छन्त्याल, शिवप्रसाद बरुवाल र भीमबहादुर घिमिरेको जीवनी समाहित छ ।

यसै गरी संग्रहमा नन्दबहादुर मल्ल, चकबहादुर मल्ल, शेरबहादुर शेरचन, भगवानप्रसाद श्रेष्ठ, अमृतकुमार श्रेष्ठ र विमला गौचनको जीवनी समाहित छन् । कार्यक्रममा बलमान र बाह्र व्यक्तित्वलाई स्मरण गर्दै उनीहरूका असल सामाजिक कार्यको चर्चा गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि भण्डारीले नेपाली कांग्रेस, वडा कार्यसमितिका तर्फबाट लेखक श्रेष्ठलाई प्रदान गरिएको सम्मान–पत्र हस्तान्तरण गर्नुभएको थियो । बलमान र बाह्र व्यक्तित्व’ जीवनी सङ्ग्रहमार्फत म्याग्दीका दिवङ्गत पूर्व जनप्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्वहरूको भूमिका र योगदान जनसमक्ष ल्याए वापत लेखक र प्रकाशक अजयमिलन र सृजना श्रेष्ठ दम्पतीलाई सम्मान गरिएको थियो ।

स्व. बलमान चोचाङ्गी पुन मगरका छोराहरू तमबहादुर पुनको अध्यक्षता र वडा अध्यक्ष भेजेन्द्रमान पुनको स्वागत तथा धन्यवाद मन्तव्य रहेको कार्यक्रममा लेखक र प्रकाशकलाई उक्त कार्यक्रममा चोचाङ्गी पुन परिवारका तर्फबाट कदर गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...