मंगलामा अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवस

Gandaki Pardesh notice

बेनी, । मंगला गाउँपालिकाको बाबियाचौरमा बिहीबार अपाङ्गता भएका व्यक्तिहरुको २९ औ अन्तराष्ट्रिय दिवस मनाइएको छ ।

मंगला गाउँपालिकाको आयोजनामा अपाङ्गता परिचयपत्र तथा सहायता सामग्री बितरण गरेर दिवस मनाइएको हो । १ जनालाई क, १ जनालाई ख, २ जनालाई ग र १ जनालाई घ बर्गको अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो ।

साथै टिकावाङ्गका एक जना अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री (बैशाखी) समेत उपलब्ध गराइएको छ । मंगला गाउँपालिकाले हालसम्मलाई ५९ जनालाई अपाङ्गता परिचयपत्र बितरण गरेको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले परिचयपत्र बितरण गर्नुभएको थियो । अपाङ्गता परिचयपत्र बितरण समितिका संयोजक रहनुभएकी उपाध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षा शाखाका संयोजक डेकबहादुर बानियाले गर्नुभएको थियो ।

सो कार्यक्रममा अध्यक्ष रोका र उपाध्यक्ष केसीले अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा, सुबिधाको पहुँचमा ल्याउने तथा उनिहरुलाई क्षमता र अवस्था अनुसारको सिप सिकाएर आयआर्जन, रोजगारिमा जोड्ने कार्यक्रम बनाउने बताउनुभयो ।

यस वर्षको अन्तराष्ट्रिय अपाङ्गता दिवसको नारा “कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिवद्धता” भन्ने रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...