स्वास्थ्य प्रर्वद्धनका लागि जिवनशैली परिवर्तन

Gandaki Pardesh notice

बेनी । बेनीमा बिहीबारदेखि स्वास्थ्य प्रर्वद्धनका लागि जिवनशैली परिवर्तन कार्यक्रम सुरु भएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीले योगको माध्यमबाट नसर्ने रोगको समस्या न्युनीकरण गर्ने उद्देश्यले आयोजना गरेको कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने आयुर्वेद निरिक्षक बैद्य प्रेम गौतमले जानकारी दिनुभयो । आमा समूह र जेष्ठ नागरिकलाई लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो ।

Bhautik ministry notice about road

२६ जना सहभागि कार्यक्रमको धवलागिरी अञ्चल आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सरोजकुमार रायले सहजिकरण गर्नुभएको छ । उहाँले योग गर्ने तरिकाको बारेमा प्रयोगात्मक अभ्यास गराउनुहुने जनाइएको छ ।

Shreekrishna hardwear in news

जिल्ला आयुर्वेद स्वास्थ्य संस्था ब्यवस्थापन समितिका अध्यक्ष जिबनकुमार विश्वकर्माको अध्यक्षता र कार्यालयका लेखापाल सुमन सुबेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यालय प्रमुख डाक्टर मधुरजी ढकालले योगको महत्वका बारेमा जानकारी गराउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...