मालिकामा निजी जग्गाको ‘स्लेट खानी’ दर्ता गर्न कानुनी बाटो खुल्यो

Gandaki Ghumau

बेनी ः म्याग्दीको मालिका गाउँपालिकामा निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको छ ।

दरवाङमा बुधबार भएको गाउँसभाले दुङ्गा खानी तथा उत्खनन् सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न मिल्ने भएको हो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले निजी जग्गामा भएका स्लेट खानीलाई प्रक्रीया पुरा गरेर गाउँपालिकाले सञ्चालनको अनुमति दिन मिल्ने कानुनी व्यवस्था मिलाएको जानकारी दिनुभयो ।

“स्थानीय सरकारको क्षेत्राधिकारमा पर्ने निजी जग्गाको स्लेट खानीलाई व्यवस्थित र गाउँपालिकाको आम्दानीको स्रोतका रुपमा विकास गर्न कानुन निर्माण गरिएको हो,” उहाँले भन्नुभयो “राष्ट्रिय र सामुदायिक वन क्षेत्रको खानीका विषयमा भने संघीय र प्रदेश कानुन अनुसार प्रक्रीया पुरा गर्नुपर्छ ।”

Shreekrishna
Gunasthariya Shiksya

सभाबाट पारित भएको दुङ्गा खानी तथा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन ऐन, २०८१ मा स्लेट खानी सञ्चालन सम्बन्धी व्यवस्था गरिएको हो । मालिका गाउँपालिकाको वडा नं. १, २ र ३ मा घर, भवन छाउन, भुई र आगनमा बिछ्याउन प्रयोग हुने स्लेटका खानीहरु छन् ।

कानुनको अभावमा स्लेट खानीहरु परम्परागत रुपमा उत्खनन् हुदै आएका छन् । स्लेट खानीको ढुङ्गाको प्रयोग गरेर विदेशबाट टायलको आयात घटाउन सकिने सम्भावना छ । स्थानीयबासीहरुले रोजगारी र आयआर्जनको अवसर सिर्जनाका लागि ढुङ्गा खानीलाई वैधानिकता दिन माग गर्दै आएका थिए ।

हरेकजसो चुनावमा उमेद्वारहरुले स्लेट खानीलाई बैधता दिने मुद्दा उठाउदै आएका छन् । स्लेटखानी सञ्चालनको अनुमति नहुँदा उत्खनन् गरेर निकासीका क्रममा कानुनी झञ्जट हुनुका साथै गाउँपालिकाले आम्दानीको स्रोत गुमाएको थियो ।

सभाले गाउँपालिका प्रहरी सम्बन्धी ऐन–२०८१ र विपन्न नागरिक आर्थिक सहायता ऐन, –२०८१ पनि पारित गरेको कार्यपालिकाका प्रवक्ता अनुप गौचनले बताउनुभयो । उपाध्यक्ष लक्ष्मीदेवी घर्ति पुन, वडा अध्यक्ष उदयबहादुर बुढाथोकी, टंकप्रसाद पुन र टकलाल पुनले सभामा प्रस्तुत गर्नुभएको विधेयक छलफल गरि सर्वसहमतिमा पारित भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...