मगर मुक्तिमोर्चाको अध्यक्षमा ओम रोका

Gandaki Ghumau

बेनी । नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको भेला मङ्गलवार बेनीमा सम्पन्न भएको छ ।

भेलाले ओम रोका (रत्नेचौर)को अध्यक्षतामा २५ सदस्यीय मोर्चाको जिल्ला कमिटि गठन गरेको छ । उपाध्यक्षमा मनमाया चोचाङ्गे, ओम रोका (मालिका), सचिवमा प्रेमबहादुर श्रीसमगर, सहसचिवमा अस्तमान घर्तीमगर र कोषाध्यक्षमा खिमबहादुर पुर्जा मगर चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

सदस्यहरुमा टुकमान जुग्जाली, मोतीप्रसाद बुढा, पदम श्रीस, विप्रसाद पुन, प्रकाश पाइजा, बलबहादुर आले, यामबहादुर थापा (सिंगा), थममाया पुन, प्रकाश पुन, अमरबहादुर थापा, कमलराम थापा, यामबहादुर थापा (रत्नेचौर), दिपिल पुनमगर, कुलबहादुर बुढा चयन हुनुभएको छ ।

Shreekrishna

मोर्चाका जिल्ला अध्यक्ष चन्द्रप्रसाद बुढाको अध्यक्षता र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईञ्चार्ज गोविन्द पौडेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । संविधानसभा सदस्य समेत रहनुभएका पौडेलले संविधान जारी गर्ने समयमा माओवादीले फरम मत राखेको बताउदै पछाडी परेका जाती समुदायको अधिकार स्थापित गर्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको मुद्दामा अडिक रहेको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...