यातायात भाडामा मनोमानी (भिडियो रिपोर्ट सहित )

Beni Sanjibani

बेनी,ः म्याग्दीका ग्रामिण क्षेत्रका बासिन्दा यातायात ब्यवसायीले मनोमानी भाडा असुल्ने गरेका छन् । अर्कोतर्फ कच्चि र साँघुरा सडकमा छतमा समेत राखेर क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम बढेको छ ।

प्रशासन, प्रहरी र जनप्रतिनिधिहरुको यातायात भाडादर निर्धारण, समायोजन र कार्यान्वयनमा रहस्यमय मौनता र उदाशिनताका कारण नागरिकले महँगो भाडा तिर्न बाध्य भएको धवलागिरी–४ मुदीका बुद्धी पुनले बताउनुभयो ।

‘‘सरकार र जनताले लगानी गरेर खनेको सडकमा गाडीवालाले जति मन लाग्यो त्यति भाडा उठाउँछन,’’ उहाले भन्नुभयो ‘‘भाडा नतोक्दा नागरिक मर्कामा परेका छौ ।’’ सदरमुकाम बेनी देखि करिब ४० किलोमिटर दुरिमा रहेको मुदी पुग्न प्रतिव्यक्ति एक हजार रुपैयाँको दरले भाडा तिरेको पुनले बताउनुभयो ।

Gose add

धवलागिरी–७ ताकमका पुस्कर भण्डारीले लकडाउन भएपछि निजी बोलेरो जिप र ट्याक्सीको मनोमानी झनै बढेको बताउनुभयो । ‘‘लकडाउन खुले लगत्तै क्षमता भन्दा आधा यात्रु बोक्ने र दोब्बर बढी भाडा लिएका गाडीवालाले अहिले पनि त्यसै गरेका छन्,’’ उहाले भन्नुभयो ‘‘छतमा पनि मान्छे राख्छन तर भाडा भने दोब्बर बढी लिन्छन् ।’’

ताकम देखि बेनी पुग्न एक हजार देखि १२ सय र दरवाङ पुग्न ५०० रुपैयाँ तिर्नुपरेको उहाले बताउनुभयो । नयाँ ट्याक खोलिएका सडकको भाडादर निर्धारण, मर्मत र स्तरवृद्धी भएका सडकमा चल्ने सवारीको भाडादर समायोजन भएको छैन् ।

Chadani auto head

नियमनकारी निकायको वेवास्ता र व्यवसायीको मनोमानीका कारण सर्वसाधारण ठगीएका रघुगंगा गाउँपालिका–२ भगवतिका चेतनाथ सुबेदीले बताउनुभयो । सदरमुकाम बेनी बजारदेखि ग्रामिण क्षेत्रमा चल्ने अधिकांश जिप र ट्याक्सीका सवारी धनीहरुले जति मन लाग्यो त्यतीनै भाडा असुल्छन् ।

बेनी देखि ३ किलोमिटर दुरिमा पर्ने अर्थुङ्गे पुग्न १ सय, १० किलोमिटर दुरीको भगवति पुग्न तीन सय रुपैयाँ भन्दा बढी भाडा तिर्नुपर्छ । अन्नपूर्ण गाउँपालिकाको शिख–घार–चित्रे पूग्न पनि एक हजार रुपैयाँ भन्दा बढी भाडा तिर्नुपरेको स्थानीयले गुनासो गरेका छन् । ब्यवसायीले छतमा राखेर क्षमता भन्दा बढी यात्रु बोक्ने गरेकाले दुर्घटनाको जोखिम बढेको छ ।

सामान ढुवानी र घरायसी प्रयोजनका लागि अनुमति पाएका निजी सवारी साधनले पनि नियम विपरित यात्रु बोक्ने गरेका छन् । म्याग्दी यातायात प्रा.लीका अध्यक्ष लालबहादुर थापाले अनुमति बिपरित रातो नम्बर प्लेटका निजी गाडीले गरेको मनोमानीको आरोप आफूहरुले खेप्नुपरेको बताउनुभयो ।
‘‘सामान बोक्ने अनुमति लिएर मान्छे बोक्ने, बढी बढी भाडा लिने र बिच बिच बाट यात्रु चोर्ने कालो र रातो प्लेटका बुलेरोलाई कसैले हेर्दैन,’’ उहाले भन्नुभयो ‘‘हाम्रो कम्पनी मातहतका कुनै पनि जिप र गाडीले तोकिएको भन्दा बढी भाडा लिएका छैनन् ।’’

जिल्ला यातायात ब्यवस्थापन समितिले २०७३ मा बेनी–जोमसोम सडकमा ७५०, बेनी–दरवाङ–ताकम सडकमा प्रतिकिलोमिटर ८ रुपैयाँ ५० पैसा र अन्य सडकमा प्रतिकिलोमिटर १२ रुपैयाँका दरले भाडादर कायम गरेको थियो ।

चार वर्षदेखि सडकको रुट कायम, भाडा निर्धारण, समायोजन गर्ने समितिको बैठक बस्न सकेको छैन् । प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सडकको अवस्था अध्ययन गरेर मापदण्ड बनाई रुट कायम र भाडादर समायोजन तथा निर्धारण गर्न तुरुन्तै समितिको बैठक बोलाउने तयारी गरेको बताउनुभयो । ‘‘स्थानीय तहलाई सडकको अवस्थाको बारेमा विवरण मागेका छौ,’’ उहाले भन्नुभयो ‘‘तत्कालै बैठक बसेर यातायात र भाडालाई ब्यवस्थित गर्छौ ।’’

Digo clinic
प्रतिक्रिया दिनुहोस
Loading...