मुस्ताङमा थप तीन वटा मोटरेबल पुल निर्माण

Gandaki Ghumau

जोमसोम, ः चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्र्तगत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ छुसाङको नर्सीङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा रु. ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण गरेको हो ।

Gunasthariya Shiksya

आयोजनाका प्रमुख धु्रबकुमार झाले तीन वटै पुलको सबै संरचना र पहुँचमार्ग निर्माण सकेर सवारी साधन सञ्चालन हुन थालेका जानकारी दिनुभयो । उहाँका अनुसार मार्फाखोलामा एक सय २० र छुसाङको नर्सीङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि छ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले रु. २१ करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna

चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माणका लागि वि.स. २०७५ असार २९ गते रु. १० करोड १८ लाखमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो । पक्कि पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्चि र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल बिष्ट (राजु)ले बताउनुभयो ।

पर्वतको मालढुुङ्गा देखि म्याग्दी हुदै मुुस्ताङ स्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर दुुरिको बेनी–जोमसोम कोरला सडक अन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ वटा निर्माण सकिएको, दुई वटा निर्माणाधीन, पाँचवटाको ठेक्का तोडेको र पाँचवटा पुल निर्माणको प्रक्रीयामा छन् । २०७३÷०७४ देखि शुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...