जलजलाका उद्यमीलाई घुम्ति कोष

Gandaki Ghumau

बेनी । पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्र लघु तथा घरेलु उद्यम सञ्चालन गरेका उद्यमीलाई बीउ पुँजी उपलब्ध गराएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको ‘रुपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत १४ जना उद्यमीलाई रु. १३ लाख ७५ हजार अनुदान उपलब्ध गराएको हो । विभिन्न प्रकृतिका उद्यमको वर्गीकरण गरी छनोट भएका उद्यमीलाई किस्ता बन्दीमा फिर्ता गर्ने गरि एक जनालाई रु. ७५ हजार र १३ जनालाई रु. एक÷एक लाखका दरले अनुदान उपलब्ध गराएको गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले जानकारी दिनुभयो ।

वडा विकास कार्यक्रमले टोल विकास संस्थाका सदस्यलाई आत्मनिर्भर बनाउन तथा आर्थिकस्तर वृद्धि गर्न गत वर्षदेखि घुम्ती कोष परिचालन गरी सहयोग गर्न थालेको थियो । गत वर्ष नौ जनालाई रु. एक÷एक लाखका दरले सहयोग गरेको थियो । वडा नं. २ का मोहनबहादुर खत्रीले कृषि र पशुपंक्षीपालनका लागि रु. ७५ हजार पाउनुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

वडा न. १ का नीरबहादुर रोकालाई बाख्रा र पाडापालन, वडा नं. ६ का खिमा चोचाङीलाई तरकारी खेती, वडा नं. ७ का देवन गिरीलाई तरकारी खेती, वडा नं. ९ का मतिसरा पुर्जा मगरलाई बंगुरपालन, वडा नं. ८ का हरी नगरकोटीलाई बाख्रापालन, वडा नं. ५ का ज्ञानराज उपाध्यक्षलाई कृषि तथा पशुपक्षीपालन, वडा नं. २ का बाबुराम परियारलाई बाख्रापालन, वडा नं. ४ का सुनिल हमाललाई बाख्रापालन, वडा नं. ५ का प्रेमसागर मल्ललाई तरकारी खेती तथा कुखुरापालन, वडा नं. ८ का मानबहादुर परियारलाई तरकारी खेती, वडा नं. ७ का यामकुमारी आचार्यलाई कृषि र पशुपालन, वडा नं. ९ का बिरबहादुर फकामीलाई बाख्रापालन र वडा नं. ३ का कोपिला उपाध्यायलाई कृषि ब्यवसायका लागि रु. एक÷एक लाख सहयोग गरिएको छ ।

सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मर्निभर बनाउने, युवाको विदेश पलायनमा न्यूनीकरण गरी रोजगारीका अवसर सिर्जना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ ।

पर्यटन व्यवसायलाई प्रभावकारी बनाउन र गरिबी न्यूनीकरण गर्ने उद्देश्यले घुम्ती कोष परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षदेखि सुरु भएको कार्यक्रम हरेक वर्ष फरकफरक उद्यमीलाई प्रदान गरिने योजना रहेको छ ।

पालिकाभित्रै व्यावसायिकरुपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपक्षीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमूलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि प्रेरणा मिल्ने गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । यस कार्यक्रम मार्फत गत वर्षदेखि शुरु भएको प्याजका बिरुवा उत्पादन गरेर खेतीका लागि वितरण गर्ने कार्यक्रमलाई यसपाली पनि निरन्तरता दिएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...