अन्नपूर्णका विद्यालयलाई सूचना प्रबिधिका सामग्री वितरण

Gandaki Ghumau

बेनी,। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन ‘बुक फ्रि फ्राइडे’ कार्यक्रम सञ्चालन गरेको छ । हरेक शुक्रबारका दिन विद्यार्थीहरुलाई सूचना प्रबिधीका सामग्रीको प्रयोगबाट सिकाई र अतिरिक्त क्रियाकलापमा सहभागी बनाउन थालिएको हो ।

विद्यार्थीलाई स्वअध्ययन गराई सिकाईमा आत्मनिर्भर, स्वाभलम्बी र शुक्रबारीय कार्यक्रमलाई प्रविधीमैत्री बनाउन बुक फ्रि फ्राइडे कार्यक्रम सञ्चालन गरेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो ।

“राष्ट्रिय पाठ्यक्रमले पनि विद्यालयमा प्रबिधिमैत्री पूर्वाधारको आवश्यकता बोध गरेको छ,” उहाँले भन्नुभयो “विद्यालय शिक्षामा प्रविधिको प्रयोग गर्ने नीति अनुसार शुक्रबारीय कार्यक्रम मार्फत बुक फ्रि, प्रबिधिबाट शिक्षक र विद्यार्थीले सिक्ने र सिकाउने प्लेटफर्मको विकास, जिवनउपयोगी र परम्परागत ज्ञान सिपको अन्तरपुस्ता हस्तान्तरण गर्नुपनि कार्यक्रमको उद्देश्य हो ।”
इन्टरनेट, कम्प्युटर, प्रोजेक्टरमा युट्युवमा राखिएका शैक्षिक सामग्रीहरु हेर्नुका साथै डोका, डाली, नाम्लो बुन्ने, दुना टपरी बनाउने जस्ता परम्परागत सिपमा आधारित काम गर्न सिकाउन थालिएको हो ।

Shreekrishna
Gunasthariya Shiksya

बुक फ्रि फ्राइडे कार्यक्रमका लागि गाउँपालिकाले बिहिबार १२ वटा आधारभूत र दुई वटा माध्यमिक विद्यालयलाई रु. २१ लाख ४८ हजार मूल्य बराबरको सूचना प्रबिधिको सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले मासिक प्रअ बैठकमा ल्यापटप, प्रोजेक्टर, स्मार्ट टिभी र डेक्सटप कम्प्युटर वितरण गर्नुभएको थियो ।

१३ वटा ल्यापटप, १२ वटा प्रोजेक्टर, १० वटा प्रोजेक्टर वाल स्कृन, आठ वटा स्मार्ट टिभी र एक वटा डेक्सटप कम्प्युटर वितरण गरिएको शिक्षा अधिकृत कटुवालले बताउनुभयो । विद्यालयबाट प्रस्ताव माग गरेर आवश्यक सामग्री वितरण गरेको हो । दुई वर्षअघि ७५ प्रतिशत अनुदानमा र गत वर्ष पनि निशूल्क रुपमा डेक्सटप वितरण गरेको थियो ।

टिकोट मावि, आदर्श मावि, सुनारी, मुक्तिपथ, सुवा, निलगिरि, सरस्वति, क्रान्ति, ज्योति, पोखरे, भुवानी, शिवालय, चन्द्र र घराम्दी आधारभूत विद्यालयका प्रअलाई सूचना प्रविधिका सामग्री वितरण उपलब्ध गराएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...