धौलागिरि खबर

धारापानीको किसानी माविमा एक लाखको अक्षयकोष स्थापना

Hariyali Groups Pvt Ltd

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविलाई अक्षयकोष स्थापना गर्न एक दाताले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

Chadani auto head

काठमाडौ–ताकम सम्पर्क समितिका अध्यक्ष क्याप्टेन भरत थापाले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो । बिद्यार्थीहरुका लागि छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले थापाले रकम उपलब्ध गराउनुभएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किरन थापाले बताउनुभयो ।

सहयोगदाता थापाकी बहिनी मनकुमारी थापालाई हालै बिद्यालयले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको थियो । कक्षा १० सम्मको पठनपाठन हुने किसानी माविमा २२५ जना बिद्यार्थी छन् ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...