धौलागिरि अधिकृत बिक्रेता संघ

Gandaki Ghumau

बेनी, । धौलागिरी अधिकृत विक्रेता संघको दशौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार बागलुङमा सम्पन्न भएको छ ।

अधिवेशनले बेनीका राजनकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश गौतम, उपाध्यक्षमा हेमन्त बानिया, महासचिवमा नारायण ढुुङ्गाना, सचिवमा बिमल कडेल र कोषाध्यक्षमा जगन्नाथ शर्मा चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले अधिवेशनको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेपाल वितरक संघका संस्थापक अध्यक्ष गोविन्द कर्माचार्य, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सदस्य दयाराम पौडेल, बागलुङ उद्योग वाणिज्यका संघका अध्यक्ष नरेश कडेल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुुर पौडेल, म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा (अविरल)ले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna

संघमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योगहरुका धौलागिरि क्षेत्रका अधिकृत बिक्रेताहरु आवद्ध हुनुहुन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...