सारदा आधारभूतलाई बालउद्यानका सामग्री सहयोग

Sinchai Khanipani notice

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–५ छिसवाङमा रहेको सारदा आधारभूत बिद्यालयलाई दक्षिण कोरियाको एक संस्थाले बाल उद्यानका सामग्री सहयोग गरेको छ ।

कोरियाको नानम पल्स संस्थाले बालबालिका खेल्न मिल्ने पिङ, कोर्ट, चिप्लेटी लगायतका सामग्री सहयोग गरेको हो । संस्थाका अध्यक्ष मिस लिम, निर्देशक मिस्टर छाङ लगायतको टोलीले सामग्री उपलब्ध गराउनुभएको थियो ।

Bhautik ministry notice about road

बिद्यालयका पुर्ब बिद्यार्थी र शिक्षक हाल दक्षिण कोरीयामा रहनुभएका भरत तुलाचनको पहलमा सामग्री सहयोग प्राप्त भएको हो । संस्थाका प्रतिनिधिहरुले बिद्यालयलाई पुस्तकालय र सेमिनार प्रोजेक्टर पनि सहयोग गर्ने आश्वासन दिएका छन् ।

Shreekrishna hardwear in news

बाल उद्यान भएपछि बिद्यार्थीहरुलाई खेल्न र रमाउन पाएका प्रअ खगेन्द्र सापकोटाले बताउनुभयो । कक्षा ८ सम्मको पठनपाठन हुने बिद्यालयमा १८० जना बिद्यार्थी छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...