बेनीमा बन्यो बसपार्क

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको सदरमुकाम बेनीदेखि बागलुङ र पश्चिमी क्षेत्रमा चल्ने सवारी साधन पार्किङका लागि बसपार्क सञ्चालन भएको छ । उद्योग वाणिज्य संघले १५ वर्षअघि म्याग्दी नदीको किनारमा निर्माण गरेको बहुउद्देश्यीय मैदानमा बेनी नगरपालिकाले बसपार्क सञ्चालन गरेको हो ।

प्रयोगबिहिन अवस्थामा रहेको मैदानलाई मर्मत, घेराबार र पूर्बाधार तयार गरेर मंगलबारदेखि बसपार्कको रुपमा सञ्चालन गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदीले जानकारी दिए ।

बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा, बेनी–बागलुङ लगायत म्याग्दीको पश्चिमी क्षेत्रमा चल्ने बस, जिप र ट्याक्सी यही बसपार्कबाट छुटाउन थालिएको छ । बसपार्क सञ्चालन भएपछि सडकमै यात्रुबाहक सवारी साधन पार्किङ गर्नुपर्ने समस्या हटेको छ ।

Shreekrishna hardwear in news

यसअघि बेनी नगरपालिकाको कार्यालय अगाडी, हाडेभिर, बेनी सामुदायिक मावी र बजारका सडकमा अब्यवस्थित रुपमा पार्किङ गरिदा दुर्घटनाको जोखिम थियो । बसपार्क सञ्चालन भएपछि बजारलाई ब्यवस्थित र दुर्घटना न्युनीकरणका लागि सहयोग पुगेको बेनीका जयबहादुर अधिकारीले बताए ।

बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले मैदानलाई ग्राबेल गरेर सम्माउनुका साथै, खानेपानी, सार्वजनिक शौचालय, दुई ठाउँमा सिसीटिभी क्यामेरा जडान र बक्ति जडान गरेको बताए । यातायात ब्यवसायीका टिकट काउन्टरलाई नयाँ बसपार्कमा सारिएको छ । यसअघि बेनीको कालिपुलमा मात्र बसपार्क थियो । कालिपुल बसपार्कमा उत्तरी क्षेत्र, मुस्ताङ र लामो दुरिका सवारी साधन पार्किङ हुने गरेको छ ।

मैदानको डिलतर्फ नगरपालिकाले १४ लाख रुपैयाँ खर्चेर पर्खाल र तारजाली लगाएको छ । यस वर्ष पार्किङ स्थलको पुर्बाधार बनाउन थप पाँच लाख पचास हजार रुपैयाँ खर्च भएको छ । हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने मैदानमा म्याग्दी र कालीगण्डकीको दोभानबाट ग्राभेल ल्याएर हालिएको छ ।

Bhautik ministry notice about road

नियमित पानी हालेर धुलोको समस्या कम गराउन र दिर्घकालिन हिसाबले ब्यवस्थित गर्न बसपार्कलाई पिच अथवा ढलान गर्नुपर्ने यातायात ब्यवसायी ललित जिसीले बताए ।

बि.स.२०६२ मा उद्योग बाणिज्य संघको अगुवाइमा म्याग्दी नदी किनारको पाखो र बगरलाई सम्माएर मैदान बनाएका थिए । करिब दुई सय मिटर लम्बाई र पचास मिटर चौडाई भएको मैदानमा १०० वटा सवारी साधन पार्किङ गर्न सकिने यातायात ब्यवसायीले बताएका छन् ।

प्रहरी नायव उपरिक्षक किरणजंङ्ग कुँवरले पार्किङ स्थल सञ्चालनमा आएपछि बजारभित्रको ट्राफिक ब्यवस्थापन र आवत जावत सहज भएको बताए । नगरपालिका र प्रहरी कार्यालयले सहकार्य गरेर बेनी बजारमा गत भदौ महिनादेखि लागू गरिएको एकतर्फी पाकिङ प्रभावकारी बनेको छ । साँघुरो सडक भएको बेनी बजारमा हुने जाम हटाउन कालीगण्डकी नदी किनारमा बनाइएको बाहिरी सडकबाट मालबाहक सवारी साधन आवत जावत गराउन थालिएको छ ।

पार्किङ स्थलको सुरक्षाका साथै बजारभित्रै र बजार भन्दा बाहिरबाट सामान बोक्ने अनुमति पाएका निजी सवारी साधनले क्षमता भन्दा बढी संख्यामा यात्रु बोक्ने समस्या पनि नियन्त्रण गर्नुपर्ने म्याग्दी यातायात प्रा.लीका अध्यक्ष लालबहादुर थापाले बताए ।

मैदानभित्र कृषि हातबजार सञ्चालनका लागि पचास लाख रुपैयाँ भन्दा बढी खर्च गरेर बनाइएको टहरा लगायतका संरचना पनि प्रयोग बिहिन छन् । कृषि ज्ञान केन्द्र र भेटेरिनरि अस्पतालसँग समन्वय गरेर ती संरचना प्रयोगमा ल्याउन पहल गरेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...