चार भाई ब्याडमिन्टन कपमा म्याग्दीका भरत र दियानको जोडी च्याम्पीयन

Gandaki Ghumau

बेनी । म्याग्दीका भरत थापा र दियान थापाको जोडीले पोखरामा सोमबार सम्पन्न ५ औ चार भाइ ब्याडमिन्टन कप–२०८१ सि लेभलमा च्याम्पीयन बन्नुभएको छ ।

पोखरा महानगरपालिका–१५ नयाँगाउँको चार भाई युवा क्लबले ताङलेकोट तमु समाजको सभाहलमा सञ्चालन गरेको प्रतियोगितामा बसन्त पौडेल र विक्क गुरुङको जोडिलाई पराजित गर्दै थापाका बाउछोराको जोडि च्याम्पीयन बन्नुभएको हो ।

एक सय २८ टिम सहभागी उक्त प्रतिस्पर्धामा बिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित रु. ४० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्नुभएको छ । दृतीय भएका सुनिल थापा र नविन थापा र तोपबहादुर तरामु र कपिल गुरुङको जोडिले रु. सात÷सात हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

उक्त प्रतियोगितामा म्याग्दीका पाँच वटा टिम सहभागी भएका थिए । म्याग्दीका सुरेन्द्र हमाल र पुनम गुरुङको जोडिले मिक्स्ड डबल गण्डकी ओपनमा तेस्रो हुदै नगद रु. छ हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।

म्याग्दी, तनहुँ र कास्की जिल्लाका खेलाडीहरु सहभागी प्रदेश स्तरीय प्रतियोगितामा म्याग्दीका खेलाडीहरु च्याम्पीयन बनेर इतिहाँस रच्नुभएको छ । मेहनत र अभ्यासका कारण जित हासिल गर्न सफल भएको बताउदै थापाले उत्साहीत बनेको प्रतिक्रिया दिनुभयो ।

“हामीले जितेको उपाधी म्याग्दीको लागि इतिहाँस पनि हो,” थापाले भन्नुभयो “म्याग्दीका खेलाडीहरु ब्याडमिन्टनमा पनि कमजोर छैनन् है भन्ने सन्देश दिन पनि सफल भएका छौ ।”

प्रतियोगिता अन्तर्गत मिक्स्ड डबलमा बिसाल खड्का र डिलिसा राना प्रथम, आकेक्क्षा क्षेत्री र अनु राना दिृतीय, इसान खड्का र यामकुमारी गुरुङ तृतीय हुनुभयो । बि लेभलमा सागर थापा र अमर थापा प्रथम, बिधान गुरुङ र भुवन सुनार दृतीय, बिमल कुमार र आशिष शाही, पुकार गुरुङ र तुल गुरुङको जोडि तृतीय हुनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...