यि हुन पुर्बाधार बिकास र साझेदारीका आठ करोड बिनियोजन भएका म्याग्दीका ९० योजना

Gandaki Pardesh notice

म्याग्दी, ः म्याग्दीमा चालु आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन हुने पुर्बाधार बिकास र साझेदारी योजनाका लागि रु. आठ करोड बजेट बिनियोजन भएको छ ।

संघीय सांसदको सिफारिसमा स्थानीय तहहरुले सञ्चालन गर्ने स्थानीय पुर्बाधार साझेदारी कार्यक्रमका लागि रु. चार करोड र प्रदेश सांसदको सिफारिसमा पुर्बाधार बिकास कार्यालयले सञ्चालन गर्ने पुर्बाधार बिकास कार्यक्रमका लागि रु. चार करोड बजेट बाँडफाँड भएको हो ।

स्थानीय पुर्बाधार साझेदारी कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा संयोजक, अर्का सांसद थममाया थापा र जिसस प्रमुख देबेन्द्र केसी सदस्य रहेको समितिले छ वटा पालिकामा रु. पाँच लाख भन्दा माथिका ४० वटा योजना छनौट गरेको छ ।

Shreekrishna hardwear in news

म्याग्दी क्षेत्र (ख)बाट निर्वाचित गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री समेत रहनुभएकी सांसद नरदेबी पुनले २५ वटा योजनाका लागि रु. २ करोड बजेट बिनियोजन गर्नुभएको छ । म्याग्दी क्षेत्र (क)बाट निर्वाचित प्रदेश सांसद बिनोद केसीले पनि २५ वटा योजनालाई रु. २ करोड बिनियोजन गर्नुभएको छ । दुवै तहका सांसदले सडक, भवन, खेलमैदान, पदमार्ग र खानेपानी निर्माणसँग सम्बन्धित योजनालाई प्राथमिकता दिएर बजेट बिनियोजन गर्नुभएको छ ।

स्थानीय पुर्बाधार साझेदारी कार्यक्रमका लागि अन्नपूर्ण गाउँपालिकाका ७ वटा योजनालाई रु. ७० लाख, रघुगंगाका ७ वटा योजनालाई रु. ६६ लाख, बेनी नगरपालिकामा ७ वटा योजनालाई रु. ६३ लाख, मंगलाका ६ वटा योजनालाई रु. ६८ लाख, मालिकाका ७ योजनालाई रु. ६६ लाख र धवलागिरीका ६ योजनालाई रु. ६७ लाख बिनियोजन भएको छ ।

पुर्बाधार विकास कार्यक्रम अन्तरगत रघुगंगा गाउँपालिकाको साझपानी पहिरो संरक्षण तथा खेलकुद मैदान निर्माणका लागि रु. २५ लाख र भकिम्ली सिर्कु अर्गल ताराखोला सडक आयोजनालाई रु. २५ लाख बिनियोजन भएको छ । यसैगरी मालिका गाउँपालिकाको रुम दुरलेक पदमार्ग निर्माणलाई रु. २५ लाख, मंगला शिक्षा क्याम्पस पुर्वाधार निर्माणलाई रु. २५ लाख बिनियोजन भएको छ ।

पुर्बाधार विकास कार्यक्रमका योजनामा पनि न्युनतम रु. ४ लाख बजेट बिनियोजन भएको छ । दुवै कार्यक्रमका योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिने भएको छ । सांसदहरुले सिफारिस गरेका योजना कार्यान्वयनका उपभोक्ता समिति गठन गरि सम्झौता गर्न थालिएको पुर्बाधार बिकास कार्यालयका अधिकृत बाबुराम आचार्यले बताउनुभयो ।

कुन योजनामा कति बजेट
पुर्बाधार साझेदारी कार्यक्रम अन्तरगत अन्नपूर्ण गाउँपालिकाको भिरकाटे दोवा सडक स्तरोन्नतिका लागि बीस लाख, शिखको दुवाने डाडा सामुदायिक भवनलाई पाँच लाख, दाना–दुवाडी सडकलाई चौध लाख, नारच्याङमा शहिद स्मारक प्रवेशद्धार बनाउन दश लाख, दानाको ठाडा गाउँ खानेपानीलाई पाँच लाख, भुरुङ्ग तातोपानीको ठूलोखोला कटुञ्जे सडकलाई आठ लाख र पाउद्धार खयरभारानी युवा क्लवको खेलमैदानलाई आठ लाख बिनियोजन भएको छ ।

Bhautik ministry notice about road

यसैगरी रघुगंगा गाउँपालिकाको बेगखोला खेलमैदानलाई दश लाख, चिमखोलाको अमाख खेलमैदानलाई आठ लाख, बैसरी रिसिनचौतारा प्रहरी चौकी वडा कार्यालय सडकलाई पन्ध्र लाख, मौवाफाँट मुल गाउँ मोटरबाटो तथा ढललाई आठ लाख, पाखापानी सामुदायिक भवनलाई आठ लाख र दर्मिजा तातोपानी कुण्ड संरक्षण तथा ब्यवस्थापनलाई नौ लाख रुपैयाँ बिनियोजन भएको छ ।

बेनी नगरपालिकाको खबरा अर्जम सडकलाई नौ लाख, तातोपानीको मसार नदी नियन्त्रणका लागि दश लाख, पुलाचौर खेलमैदानलाई आठ लाख, घतान खेलमैदानलाई दश लाख, वाखेत आल्बोट खाल्टे पदमार्गलाई नौ लाख, छपैसे खेलमैदानलाई आठ लाख र म्याग्दी बहुमुखी क्याम्पसको छात्रावासलाई नौ लाख रुपैयाँ बिनियोजन भएको छ ।

मंगला गाउँपालिकाको हाडेभिर तटबन्धलाई २४ लाख, अर्मन खोला तटबन्धलाई आठ लाख, हिलवाङ खोला तटबन्धलाई एघार लाख, नेटा खेलमैदानलाई सात लाख, न्युखोला महेश धापुङ सिर्फु सडकलाई आठ लाख र धापुङ खेलमैदानलाई दश लाख बिनियोजन भएको छ ।

यस्तैगरी मालिका गाउँपालिकाको अदिवरा ताक्से रुम सडक मर्मत गर्न आठ लाख, पात्ले थापुङ सडकलाई नौ लाख, रुन्म खेलमैदान देविस्थानलाई दश लाख, चिउरीबोट खवाङ सिस्नेरी सडकलाई तेह् लाख, दिच्याम खेलमैदानलाई आठ लाख, दुखु खेलमैदानलाई आठ लाख र बिम तल्लो गाउँ खेलमैदानलाई दश लाख बिनियोजन भएको छ ।

धवलागिरी गाउँपालिकाको बराहताल आरापानी ढल निकासका लागि बाह् लाख, मल्कवाङको दलित सामुदायिक भवनलाई दश लाख, मच्छिमको कृषि सडकलाई दश लाख, प्रगतिशिल युवा क्लव आरवाङको खेलमैदानलाई दश लाख, ताकम मावि भवन निर्माणलाई दश लाख र राम्चे जेवाङ बुल मलम्पार सडकलाई सत्र लाख बिनियोजन भएको छ ।

पुर्बाधार विकास कार्यक्रम अन्तरगत राम्चेको थेसरा महभिर सडकलाई आठ लाख, भुरुङ्ग तातोपानीको चिसापानी खेलकुद मैदानलाई आठ लाख, पाउद्धारको खयरखोला खानेपानी योजनालाई पाँच लाख, हिस्तानको मछिनी ठूलोखर्क सडकलाई आठ लाख, राम्चेको बनबणे नागी सडकलाई दश लाख, बेगखोला खेलमैदानलाई नौ लाख, साझपानी पहिरो संरक्षण तथा खेलकुद मैदान निर्माणका लागि २५ लाख, मोहतारे आमा समूह भवन कलेजावाङलाई चार लाख, मौवाफाँट सामुदायिक भवनलाई आठ लाख, चिमखोलाको छमाखु खोला खेलमैदान तथा शौचालयलाई सात लाख, राहुघाटको ड्यामसाइड देखि झिँ जोड्ने सडकलाई दश लाख, चौरखानी खेलमैदान निर्माण तथा घेराबारलाई चार लाख, बेनपा १ को लामाबगर खेलमैदानलाई पाँच लाख, भकिम्ली सिर्फु अर्गल ताराखोला सडकलाई २५ लाख डाडाखेतको बालमन्दिर आधारभूत बिद्यालय घेराबास गर्न पाँच लाख र पुरुण्डे खेलमैदान निर्माण गर्न पाँच लाख बिनियोजन भएको छ ।


क्षेत्र (क)को कृषि तथा पर्यटन प्रर्वद्धन एवम् विकासतर्फ स्वाताको मणिबराह बहुेउद्देश्सीय कृषि सामग्री संकलन केन्द सामग्री खरिदलाई ३ लाख र भवन निर्माणका लागि सात लाख, पिप्लेको मालिका देवी मन्दिर निर्माणमा पाँच लाख, पिप्लेको छिनडाडा आटरी चिहानडाडा पदमार्ग तथा उदा आमा समूह भवनलाई पाँच लाख, दग्नामको कान्छिगाउँ भूमेथान पदमार्गलाई चार लाख, बेनीको महारानीथान देखि देउराली पदमार्गलाई दश लाख, घतानको मुलखेत सिचाईलाई पाँच लाख, पुलाचौर देवि मन्दिरलाई पाँच लाख, सिंगाको राजकुलो संरक्षण तथा सडक निर्माणलाई चार लाख र बेनपा ६ को पाखाथर कृषि सडक निर्माणलाई छ लाख बिनियोजन भएको छ ।

म्याग्दी क्षेत्र (ख)को पुर्बाधार तर्फ रुम दुरलेक पदमार्गलाई २५ लाख, निस्कोटको भट्टखोला तटबन्धलाई पाँच लाख, बिमको अर्कला देखि बराहताल जोड्ने पदमार्गलाई पाँच लाख, बिमकोतमा सत्तल बनाउन पाँच लाख, किसानी मावि प्राबिधिक शिक्षालय खेलमैदान घेराबार गर्न आठ लाख, दुखुबेसीको उपल्लो कुलो मर्मत गर्न सात लाख, निस्कोटको बासबोट खहरे बगताल सिचाईलाई पाँच लाख, दरवाङको समिक्षा आमा समूहको भवनलाई चार लाख, खोरिया खेलमैदानलाई सात लाख, गुर्जा स्वास्थ्य चौकीमा चर्पि बनाउन सात लाख, देमु देखि फलटिङखोला तातोपानी पदमार्गलाई छ लाख ५० हजार, सोलबाङ सडकलाई १५ लाख, मलमपार आमा समूहको भवनलाई सात लाख, भेडिखाल्टा युवा क्लव भवलाई पाँच लाख, चेचुङ्ग खेलमैदान घेराबारलाई पाँच लाख, बगर तातोपानी कुण्ड संरक्षण गर्न छ लाख, लुलाङ आधारभूत बिद्यालयमा खेलमैदान बनाउन सात लाख पचास हजार, हिलावाङ खोला खारा सिचाईलाई चार लाख, पैयुपाँटा सामुदायिक भवनलाई पाँच लाख, ओखलढुङ्गा कलेसे बासबोट सिचाइलाई पाँच लाख, मनकामना युवा क्लव खेलमैदानलाई पाँच लाख, मंगला शिक्षा क्याम्पस पुर्बाधारलाई २५ लाख, रणभाङ्ग दरुङ्ग हिदी खामरङखोला सडकलाई दश लाख, पुर्णगाउँको शिब मन्दिरलाई पाँच लाख र बरंजाको पखेर पिङ्गे सडकलाई ११ लाख बिनियोजन भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...