धारापानीबासीको आन्दोलन र ताकममा अस्पताल शिलन्यास स्थगित

Gandaki Pardesh notice

बेनी । धवलागिरी गाउँपालिकाको ताकममा पालिका स्तरीय अस्पताल शिलन्यास गर्ने र धारापानीका बासिन्दाको आन्दोलन स्थगित भएको छ ।

गाउँपालिकाका पदाधीकारी र धारापानीका अगुवाहरुबीच भएको वार्तापछि अस्पताल शिलन्यास गर्ने र आन्दोलन स्थगित गर्ने सहमति भएको हो । सहमतिसँगै धारापानीका बासिन्दाले आइतबार साँझदेखि दरवाङ–धारापानी–ताकम–मुना सडकमा गराएको अबरोध खुलेको छ ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, वडा अध्यक्ष झकबहादुर छन्त्याल, राजाराम शर्मा, कार्यपालिका सदस्य देउप्रसाद छन्त्यालको उपस्थितिमा वार्ता भएको थियो ।

Shreekrishna hardwear in news

ताकम स्वास्थ्य चौकी स्तरोन्नति भन्ने नामाङ्कन भै आएको ५ शैयाको हस्पिटल बनाउनका निम्ति धारापानीको वार्ताबाट कुनै निर्णय नगरुञ्जेल सम्म वा टुङ्गो नलाग्दासम्म हस्पिटलको शिलन्यास तथा निर्माण प्रक्रिया अघि नबढाउने निर्णय भएको छ ।

Bhautik ministry notice about road

यसैगरी धारापानीका बासिन्दाले सडक अवरोध खुलाउने प्रतिवद्धता जनाएका छन् । यसैगरी धवलागिरी गाउँपालिकाले मंसिर १५ गते ताकममा अस्पताल शिलन्यास गर्ने कार्यक्रम स्थगित भएको सन्दर्भमा स्थानीयहरुले गरेको शिलन्यास कार्यक्रमलाई आधिकारिकता नदिइएको विज्ञप्ति प्रकाशन गरेर जनाएको छ ।

२०७४ साउन २५ गते गाउँपालिकाको स्थायी केन्द्र कायम गर्न बसेको गाउँसभाले धारापानीमा १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वडा न. ७ ताकम स्थित स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने सूचि सार्वजनिक गरेको थियो ।

गाउँसभाको निर्णय र मन्त्रालयले छनौट गरेको अस्पताल बनाउने ठाउँ फरक परेपछि योजना कार्यान्वयनमा बिवाद सिर्जना भएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...