निर्माण व्यवसायी संघ म्याग्दीले आन्दोलनको चेतावनी सहित ज्ञापनपत्र बुझायो

Gandaki Ghumau

बेनी, । नेपाल निर्माण व्यवसायी महासंघ म्याग्दीले विभिन्न माग राखेर आन्दोलनको चेतावनी सहित प्रमुख जिल्ला अधिकारी मार्फत आइतबार सरकारलाई ज्ञापनपत्र पठाएको छ ।

निर्माण ब्यवसायीसँग सरकारले विगतमा गरेको सहमतिको कार्यान्वयन नभएको, निर्माण ब्यवसायीहरुले काम गरेको रकम भुक्तानी नपाएको र निर्माणको सिजनमा भएको सिमेन्ट, रड लगायत निर्माण सामग्रीको मूल्य वृद्धि लगायतका विषयमा देशब्यापी कार्यक्रम अनुसार म्याग्दीमा पनि ज्ञापनपत्र बुझाएका हुन् ।

Gunasthariya Shiksya

निर्माण ब्यवसायी महासंघ म्याग्दीका अध्यक्ष गोपाल भट्टचनको नेतृत्वमा प्रशासनमा पुगेका महासंघको टोलीले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाएको हो ।

Shreekrishna

यही माघ १५ गतेसम्म सरकारले माग पुरा नगरे माघ १८ गते राजधानी काठमाडौको माइतीघर मण्डलामा धर्ना दिने, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने, २१ गतेदेखि काठमाडौ प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरु ठप्प पार्ने र तत्पश्चात पनि माग पुरा नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनमा उत्रने महासंघको कार्यक्रम रहेको छ ।

म्याग्दीमा पनि सरकारी कार्यालयहरुले ठेक्का लगाएको योजनामा बजेट अभाव भएको, काम गरेको योजनाको पनि भुक्तानी नपाएको, नदीजन्य निर्माण सामग्रीको अभाव भएको, सिमेन्ट र रडमा एक्कासी भएको मूल्यवृद्धिले निर्माण ब्यवसायीहरु मर्कामा परेका अध्यक्ष भट्टचनले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...