प्रहरी अधिकृत दम्पत्तिको सम्बन्धमा भएको खटपट सामाजिक सञ्जालमा छताछुल्ल

Gandaki Pardesh notice

बेनी । प्रहरी निरिक्षक रहेका श्रीमानबाट पिडित भएको भन्दै म्याग्दीकी एक युवतिले सामाजिक सञ्जालबाट न्यायको अपिल गरेकी छिन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट केहीदिन अघि पोखरा सरुवा भएका प्रहरी निरीक्षक धु्रब शर्मा र उनकी श्रीमति स्मृति शर्माको सम्बन्धमा आएको खटपट सार्वजनिक भएको हो ।

धु्रबसँग गत असारमा प्रेम बिवाह गरेकी बेनीकी स्मृतिले श्रीमानबाट पिडित भएको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट न्यायको अपिल गरेकी हुन् । स्मृतिले धुबलाई बिवाह अघि रहेको गर्भलाई पतन गर्न बाध्य बनाएको, सम्बन्ध बिच्छेदका लागि मानसिक यातना दिएको र सरुवा भएपछि आफूलाई अलपत्र छाडेर सम्पर्क बिहिन भएको लगायतका आरोप लगाउनु भएको छ ।

Shreekrishna hardwear in news

“अफिस जान्छु भनेको मान्छे एक्कासी सरुवाको रमना लिएर गएको र फोन स्विच अफ गरेपछि खोजतलासका लागि प्रहरी र प्रशासनमा उजुरी गरेको हो,” शर्माले भन्नुभयो “मेरो जिबनलाई रोडमा ल्याउन खोजिदैछ । मलाई न्याय दिनुस ।”

स्मृतिले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा खोजि गरि न्याय दिलाईदिनका लागि उजुरी दिएको जनाएकी छिन् । निवेदनका आधारमा प्रहरी निरिक्षक शर्मालाई झिकाएर दुईपक्षबिच गत शुक्रबार छलफल गराएपनि उनिहरुबीचको सम्बन्ध सुधार भएको छैन् ।

प्रहरी नायब उपरिक्षक किरणजंग कुँवरले बिवाद निरुपणका लागि दुवै पक्षको चाहना अनुसार छलफल गराएको बताउनुभयो । छलफलबाट सम्बन्ध सुधार र बिवाद समाधान नभए कानुनी प्रक्रियाबाट कारबाही अघि बढ्ने उहाँले बताउनुभयो ।

Bhautik ministry notice about road

धु्रबले स्मृतिलाई कानुनि र ब्यवहारिक हिसाबले श्रीमति स्विकार गरिसकेकको बताउनुभयो । “श्रीमति स्विकार गरेर बिवाह दर्ता र नागरिकता दिलाएको छु,” शर्माले भन्नुभयो “सरुवा भएपछि उनलाई जानकारी गराएरै पोखरा गएको हो । नयाँ ठाउँमा काम सुरु गर्दा एक÷दुई दिन सम्पर्क टुटेको हुन सक्छ । हाम्रो सम्बन्धमा आएको खटपट एकाएक सामाजिक सञ्जालमा आउँदा मलाई पनि आश्चार्य लागेको छ ।”

स्मृतिलाई उचालेर आफ्नो चरित्रहत्या गर्न खोजिएको शर्माको गुनासो छ । “अहिले खटपट आएपनि मैले उनलाई श्रीमानको रुपमा गर्नुपर्ने सम्पूर्ण भूमिका र दायीत्व पुरा गर्न तयार छु,” शर्माले भन्नुभयो “गलत नियत राखेको भए किन नागरिकता बनाउथे ? बिवाह दर्ता गर्थे र ?”

स्मृति जिल्ला निर्वाचन कार्यालय मार्फत तस्बिर सहितको मतदाता नामावली दर्ताका लागि जिल्ला प्रशासन कार्यालयमा काम गर्थिन् । प्रशासनमा बसेर मतदाता नामावली दर्ता गर्ने स्मृति र प्रशासनमा आउ जाउ गरिरहने धु्रब बिच आठ महिनाअघि भएको चिनजान प्रेम, शारिरिक सम्पर्क हुदै बिवाह सम्म पुगेको स्मृतिको दावी छ ।

गत चैत महिनामा ध्रुबको पोखरामा एक युवतिसँगै बिवाहका लागि टिकाटालो भइसकेको थियो । टिकाटालोको तस्बिर सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो । टिकाटालेको तस्बिर सार्वजनिक भएपछि स्मृतिले जिल्ला प्रहरी प्रमुख र आफन्तहरुलाई ध्रुबसँगको सम्बन्धको बारेमा जानकारी गराएकी थिएन् । टिकाटालो भइसकेको बिवाह रद्द भयो । स्मृति र ध्रुबले गत असारमा बेनीकै मन्दिरमा बिवाह गरेको तस्बिर समेत सार्वजनिक गरेका थिए ।

बिवाह गरेपछि शर्मा दम्पत्ती बेनीमै कोठा भाडा लिएर बस्दै आएका थिए । बिवाह बन्धनमा बाँधिएपनि उनिहरुको सम्बन्ध सुमधुर हुन सकेन् । बेलाबेलामा खटपट भइरहन्थ्यो । सँगै बसेपनि, सामाजिक सञ्जालमा विभिन्न ठाउँ घुम्न गएको तस्बिर राख्ने गरेका थिए । उनिहरुबीच हार्दिकता र आत्मीयताको वातावरण बन्न नसक्नु तथा अविश्वासकै कारण पारिवारिक बिषय सामाजिक सञ्जालमा छताछुल्ल भएको हो ।

दुवै जनाको पक्ष र बिपक्षमा नैतिकता र चरित्रमाथि पनि विभिन्न टिकाटिप्पणी हुन थालेको छ । पछिल्लो पटक ध्रुबले सम्बध बिच्छेद गर्नका लागि बागलुङ अदालतबाट प्रक्रिया सुरु गरेका छन् । आफूपनि स्मृतिबाट पिडित भएको बताउने शर्माले अदालतमा पुगिसकेको बिषयमा सार्वजनिक रुपमा प्रतिक्रिया नदिने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...