अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण

Gandaki Ghumau

बेनी, । धौलागिरि अधिकृत बिक्रेता संघले सोमबार बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ ।

संघको १५ औ स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरिएको हो । २६ जना विद्यार्थीहरुलाई करिब रु. १५ हजार मूल्य बराबरको शैक्षिक र खेलकुदका सामग्री वितरण गरिएको संघका महासचिव हेमन्त बानियाले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

धौलागिरी अधिकृत बिक्रेता संघका अध्यक्ष राजनकुमार श्रेष्ठको अध्यक्षता, नेपाल वितरक महासंघका गण्डकी प्रदेश अध्यक्ष बद्री ढुंगानाको प्रमुख आतिथ्यता र म्याग्दी संयोजक जगन्नाथ शर्माको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सरस्वति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञप्रसाद सापकोटा र प्रअ युवराज शर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna

वि.स. २०६७ पुष २९ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भएको धौलागिरि अधिकृत बिक्रेता संघले साधारण सदस्यहरुलाई अप्ठ्यारोमा सघाउनुका साथै प्राकृतिक प्रकोप, कोरोना महामारीको समयमा आर्थिक सहायता समेत उपलब्ध गराएको थियो । संघमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुद्धारा उत्पादित बस्तुहरु बिक्री तथा आपुर्तिकर्ताहरु आवद्ध छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...