अन्नपूर्णमा थप रु. एक करोड ६० लाख बजेट बिनियोजन

Gandaki Ghumau

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २० औ सभा सोमबार पोखरेबगरमा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षको बजेट संसोधन लगायतका विबिध निर्णय गरेको छ ।

गत असारको सभाबाट चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ५३ करोड २४ लाख ४३ हजार बिनियोजन भएकोमा अघिल्लो वर्षको बाँकी रु. एक करोड ६० लाख विभिन्न योजना तथा कार्यक्रममा बिनियोजन गरेर कुल रु. ५४ करोड ८४ लाख ४३ हजार कायम गरिएको हो ।
सभामा चालु आर्थिक वर्षको अर्धबार्षिक समिक्षा र लेखा समितिको प्रतिवेदनमाथी छलफल भएको छ । कुल एक सय ३५ वटा योजनाहरु मध्य ३५ वटा सम्झौता र एक वटाको फरफारक भएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले जानकारी गराउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya


योजनाहरुको सर्वेक्षण, लागत अनुमान तयार र सम्झौताको चरणमा रहेकाले अब कार्यान्वयनले तिब्रता पाउने उपाध्यक्ष पुनले बताउनुभयो । आन्तरिक आम्दानीको ८० प्रतिशत लक्ष्य हासिल भएको उपाध्यक्ष पुनले सभामा जानकारी गराउनुभएको थियो ।

सभाले अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनका लागि अस्थायी अनुमति दिने र सो वापत राजस्व संकलन गर्ने निर्णय गरेको छ । यसअघि अन्नपूर्णका अन्य पर्यटकीय स्थल र त्यहाँ रहेका होटल तथा रेष्टुरेष्टलाई करको दायरामा ल्याइसकेको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत कुमार पुनले बजेट बिनियोजन भएका योजनाहरुको कार्यान्वयनलाई तिब्रता दिन जनप्रतिनिधी र कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...