मालिकामा विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउन कार्यशाला

Add Samajik bikash office

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकाको दरवाङमा सोमबार विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि कार्यशाला गोष्ठि भएको छ ।

युएसआइडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकल तथा कोभिड–१९ प्रतिकार्यका लागि स्थानीय सरकारको क्षमता विकास कार्यक्रम अन्तरगत हरियो बन कार्यक्रमले योजना बनाउन लागेको हो ।

प्राकृतिक बिपद् र महामारीको जोखिम आँकलन गरेर क्षति न्युनीकरण, विपद् पछिको ब्यवस्थापन लगायतका योजना निर्माण गर्न गाउँपालिकाका पदाधीकारी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिकर्मी र सरोकारवालाहरुबीच समूह बिभाजन गरेर छलफल गरिएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सात वटा समूह बिभाजन गरेर विपद् न्युनिकरण, ब्यवस्थापनका लागि गर्ने कामका सूचि तयार पारिएको छ । हरियो बन कार्यक्रमका टिम लिडर भुपमणी दाहालले पालिकाका सरोकारवालाहरुको सुझाव, स्थलगत अध्ययन, जोखिमको पहिचान, क्षत्ति न्युनीकरणका उपाय र विपद्पछिको उद्धार, राहत र ब्यवस्थापनका लागि योजना तयार पारेर पालिकालाई बुझाउने बताउनुभयो ।

पहिरो, कटान, बाढी, भूक्षय, आगलागी, हावाहुरी, हिमपात, असिना, चट्याङ् आदी प्राकृतिक बिपद्को पहिचान र क्षति न्युनिकरणका उपाय सहित मंगला र धवलागिरी गाउँपालिकाको समेत विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउन लागेको हरियो बन कार्यक्रमले जनाएको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले विपद्को जोखिम न्युनीकरण र ब्यवस्थापनका लागि पुर्बतयारी तथा योजनाको आवश्यक परेको बताउनुभयो । गाउँपालिकाका शाखा अधिकृत अर्जुन सुबेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...