हाडेभिर–खारा झोलुङ्ग पुल उद्घाटन

Gandaki Ghumau

बेनी । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ ।

धवलागिरी गाउँपालिका–७ हाडेभिर र मालिका गाउँपालिका–७ खारा जोड्ने म्याग्दी नदीमाथि एक सय एक मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।

Gunasthariya Shiksya

रु. ५७ लाख ८६ हजार चार सय ८८ को लागतमा निर्माण भएको पुलको बिहिबार धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गर्नुभयो । सो कार्यक्रममा मालिका गाउँपालिका–७ का वडा अध्यक्ष टकलाल पुन सहित स्थानीयबासीहरुको उपस्थिति थियो ।

Shreekrishna

पुलबाट धारापानी, खारा, बिम, इल्पुका एक सय ७४ घरका एक हजार दुई सय ३३ जनसंख्या लाभान्वित भएका प्राविधिक तथा सामाजिक परिचालनको जिम्मेवारी पाएको गैरसरकारी संस्था मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले बताउनुभयो ।

उहाँका अनुसार पुल निर्माणको कुल लागतमा ८५ प्रतिशत क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमको, १३ प्रतिशत धवलागिरी गाउँपालिका र दुई प्रतिशत उपभोक्ताको श्रमदान रहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...