रघुगंगाको बजेट संसोधन

Shreekrishna hardware

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट संसोधन गरेको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार भएको १८ औ गाउँसभाले बजेट संसोधन गर्ने प्रस्ताव पारित गरेको हो । गत असारको सभाबाट पारित भएको बजेटको सिमाभित्र रहेर शिर्षक र रकम थपघट गरिएको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो ।
रु. दुई करोड तीन लाख तीस हजार बराबरको बजेट संसोधन भएको हो । अघिल्लो सभाले रु. ६५ लाख बजेट बिनियोजन गरेको गाउँपालिका जाने चोकबाट गाउँपालिका सम्म मोटरबाटो ढलान योजनाका लागि रु. २० लाख थपिएको छ भने वडा न. १ को कार्यालय भवन निर्माण योजनाको बजेट रु. ४५ लाख बाट बढाएर ५५ लाख पु¥याइएको छ ।

Ban devision notice

संसोधन पछि रघुगंगाको बजेट चालु तर्फ रु. ३६ करोड ९६ लाख ७ हजार र पुँजीगत तर्फ रु. ११ करोड ६९ लाख ३२ हजार कुल रु. ४८ करोड ६५ लाख ३९ हजार कायम भएको छ । गत असारमा सम्पन्न गाउँसभा मार्फत विनियोजन भएका योजना तथा कार्यक्रमहरु प्राविधिक रुपमा कार्र्यान्वयन गर्न कठिनाई,परिमार्जन गरी प्रभावकारी बनाउन र कतिपय योजनामा बजेट अभाव हुँदा अधुरो हुने अवस्था भएकाले सिमित स्रोतसाधनहरुबाट प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्न सहज होस् भनेर योजना तथा बजेट संसोधन गरिएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुनले बताउनुभयो ।

Shreekrishna

गाउँसभामा पालिका अध्यक्ष भवबहादुर भण्डारीले चालु आर्थिक वर्षको पुस २१ गते सम्म भएको भौतिक तथा वित्तिय प्रगति प्रस्तुत गर्नुभएको थियो । रु. ४८ करोड ६५ लाख ३९ हजार बजेट विनियोजन गरिएकोमा रु. १३ करोड २४ लाख ९८ हजार ६ सय ३४ खर्च भएको सभामा जानकारी गराउनुभएको थियो । उहाँका अनुसार चालु तर्फ रु. १२ करोड ३ लाख ६८ हजार ९ सय ५१ र पुँजीगत तर्फ रु. एक करोड २१ लाख २९ हजार ६ सय ८३ खर्च भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

यो अवधिमा संघीय सरकारबाट समानिकरण अनुदान तर्फ रु. ३ करोड ९१ लाख, गण्डकी प्रदेश सरकार समानिकरण अनुदान तर्फ रु. ४७ लाख २८ हजार पाँचसय, संघीय सरकारको सशर्त अनुदान तर्फको रु. १० करोड ८९ लाख ७२ हजार, संघीय सरकार राजश्व बाँडफाँडबाट रु. तीन करोड २८ हजार ६ सय ३०, गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँट तर्फको रु. २६ लाख २१ हजार एकसय ९३, अन्तरिक स्रोत र गत आवको अल्या सहित रु. चार करोड ५ लाख ९२ हजार ६ सय ७१ गरी जम्मा रु. २२ करोड ६० लाख ४२ हजार ९ सय ९४ परिचालन भएको पालिका अध्यक्ष भण्डारीले सभामा जानकारी गराउनुभएको थियो ।
गाउँसभामा पालिका अध्यक्ष भण्डारीले विकास निर्माणका योजनालाई तोकिएकै समयभित्र सम्पन्न गर्न योजना सम्झौता र कार्यान्वयनमा जुट्न कर्मचारी, वडाका जनप्रतिनिधि र उपभोक्ताहरूलाई अनुरोध गर्नुभयो । गाउँपालिकाले चालु आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरूको लागत स्टिमेट तयार गरी धमाधम योजना सम्झौताको चरणमा रहेको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताउनुभयो । पालिकाले असारे विकासलाई निरुत्साहित गर्न वैशाख मसान्तभित्रै योजना सम्पन्न गर्ने उद्देश्य सहित बजेट कार्यान्वयनलाई तिव्रता दिइएको उहाँले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...