थासाङमा १५ शैयाको अस्पताल शिलन्यास

Sinchai Khanipani notice

निरज थकाली

जोमसोम, । मुस्ताङको थासाङ गाउँपालिकाको लेतेमा १५ शैया क्षमताको अस्पताल निर्माण हुने भएको छ ।

सबै स्थानीय तहमा आधारभूत स्तरको अस्पताल सञ्चालन गर्ने संघीय सरकारको कार्यक्रम अनुसार सोमबार लेतेमा प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले भवनको शिलन्यास गर्नुभएको हो ।

Shreekrishna hardwear in news

१८ करोड छ लाख ८२ हजार रुपैयाँको लागतमा दुई वर्षमा अस्पताल भवन निर्माण गरिसक्ने योजना रहेको थासाङ गाउँपालिकाका स्वास्थ्य संयोजक सिताराम कार्कीले बताउनुभयो ।

Bhautik ministry notice about road

भवनको डिपिआर, डिजाइन, इस्टिमेट तयार पारेर ठेक्का प्रक्रिया मार्फत निर्माण सुरु गर्ने प्रमुख प्रशासकीय अधिकृत सन्तोष केसीले बताउनुभयो । पूर्वाधार बनेपछि नरसिङ अधिकृत १, नर्स ५, मिडवाइफ गरी २७ जना जनशक्ति परिचालन हुनेछ ।

जनतालाई सरल र सहज रुपमा स्वास्थ्य सेवा गर्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयको योजना अनुसार थासाङमा १५ शैयाको अस्पताल बन्न लागेको हो ।

शिलन्यास कार्यक्रममा सांसद तुलाचनले थासाङमा आधारभूत अस्पताल बनेपछि स्थानीयबासीका साथै बेनी–जोमसोम सडक भएर यात्रा गर्ने यात्रु र पर्यटकहरुलार्य पनि सुबिधा पुग्ने बताउनुभयो ।

म्याग्दी र मुस्ताङको सीमावर्ती भेकका बासिन्दालाई साधारण उपचार गर्न कठिनाइ भइरहेको अवस्थामा संघीय सरकारको यस योजनाले स्थानीयस्तरमै स्वास्थ्य उपचारको प्रत्याभूति मिल्ने दावी गर्नुभयो ।

थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धीप्रसाद शेरचनले स्थानीय तहमा पूर्वाधार सम्पन्न अस्पताल बनेमा पालिकामा रहेका जनतामा स्वास्थ्यको मार्ग खुल्ने उल्लेख गर्नुभयो । उहाँले पालिकामा आवश्यक स्वास्थ्य पूर्वाधार नहुँदा स्थानीयले स्वास्थ्यलाभ लिन सास्ति भोग्नु परेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...