मिडिया सोसाइटी अवार्ड कमल खत्रीलाई

khali

बेनी, ः म्याग्दीका पत्रकार कमल खत्रीलाई ‘मिडिया सोसाइटी अवार्ड–२०८१’ प्रदान गरिएको छ ।

म्याग्दी मिडिया सोसाइटीको आठौ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको अवसरमा बेनी नगरपालिका– ४ सिंगामा शुक्रबार आयोजित समारोहमा रु. १० हजार छ सय ५० सहित खत्रीलाई पुुरस्कृत गरिएको हो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, बेनपा–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), नेपाल पत्रकार महासंघको गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल र म्याग्दी शाखा अध्यक्ष हरिकृष्ण गौतमले खत्रीलाई नगद, सम्मानपत्र प्रदान र दोसल्ला ओढाउनुभएको थियो ।

Shreekrishna hardwear in news

वि.स. २०६७ देखि राष्ट्रिय समाचार समितिको म्याग्दी (बेनी) समाचारदाताको रुपमा कार्यरत खत्री बेनीबाट प्रकाशन हुने सम्बृद्ध साप्ताहिक र म्याग्दी अनलाइनको प्रकाशक हुनुहुन्छ । वि.स. २०७४ मा म्याग्दीबाट सञ्चालित सञ्चार माध्यमका सञ्चालकहरु आवद्ध सोसाइटीले वि.स. २०७५ देखि वर्षमा एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

khali

रु. दुई लाखको अक्षयकोषको ब्याजबाट जिल्लामा दश वर्षदेखि काम गरेका एक जना संस्थाका सदस्य पत्रकारलाई पुरस्कृत गर्ने मापदण्ड बनाएको छ । सो पुरस्कारबाट यसअघि ठाकुरप्रसाद आचार्य, अमित विश्वकर्मा, प्रताप बानिया, हरिकृष्ण गौतम, सन्तोष गौतम र धिरन खत्री पुरस्कृत भइसक्नुभएको छ ।

यसैगरी अधिवेशनबाट सोसाइटीको अध्यक्षमा अमित विश्वकर्मा, उपाध्यक्षमा साधन राम्जाली, सचिवमा राकेश शर्मा, कोषाध्यक्षमा ठाकुरप्रसाद आचार्य र सदस्यमा प्रताप बानिया चयन हुनुभएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पत्रकारहरुलाई रचनात्मक आलोचना र स्वच्छ टिप्पणी तथा खवरदारीका लागि आग्रह गर्दै स्थानीय सञ्चार माध्यमको प्रर्वद्धनमा सघाइरहेको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र वडा न. ४ सिंगाका वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले पत्रकारहरुले स्थलगत अध्ययन, तथ्य र प्रमाणका आधारमा सामग्री तयार पार्न आग्रह गर्नुभयो ।

पत्रकार महासंघका गण्डकी प्रदेश उपाध्यक्ष प्रकाश पौडेल र शाखा अध्यक्ष हरिकृष्ण गौतमले स्थानीय सञ्चार माध्यमको सवलीकरण र पत्रकार पेशाप्रति आकर्षण बढाउन जोड दिएको बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...