म्याग्दीका दुई पालिकामा अस्पताल बनाउने ठाउँ र एक वटामा जग्गाको टुङ्गो लागेन्

Gandaki Pardesh notice

बेनी, । संघीय सरकारले दुई वर्षअघि सबै स्थानीय तहमा अस्पताल बनाउने योजना अघि सारेको थियो । योजना कार्यान्वयनका लागि यसवर्ष बजेटको समेत ब्यवस्थापन गरिएपनि म्याग्दीका तीन वटा पालिकामा अस्पताल बनाउने ठाउँको टुङ्गो लागेको छैन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीका चार वटा स्थानीय तहलाई अस्पताल भवन बनाउन चालु आर्थिक वर्षमा बजेट पठाएको छ । सरकारले २०७७ मंसिर १५ गते (सोमबार) देशभरका पालिकामा एकै पटक अस्पतालको शिलन्यास गर्ने घोषणा गरेको छ ।

म्याग्दीमा अर्मन स्वास्थ्य चौकीको भवन परिसरमा जग्गा ब्यवस्थापन गरेको मंगला गाउँपालिकाले मात्र अस्पताल भवन बनाउने प्रक्रिया सुरु गरेको छ । १३ रोपनी जग्गा व्यवस्थापन गरेर बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारि भवन निर्माणको तयारी गरेको मंगलाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

Shreekrishna hardwear in news

धवलागिरी गाउँपालिकाको २०७४ साउन २५ गते स्थायी केन्द कायम गर्न बसेको गाउँसभाले धारापानीमा १५ शैया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही वडामा रहेको ताकम स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने सूचि सार्वजनिक भएको छ ।

गाउँसभाको निर्णय र मन्त्रालयले छनौट गरेको अस्पताल बनाउने ठाउँ फरक परेपछि योजना कार्यान्वयनमा बिवाद सिर्जना भएको हो । गाउँसभाको निर्णय अनुसार स्थानीय तहमा अस्पताल बनाउने योजना धारापानीमा हुनुपर्ने माग गर्दै स्थानीय संघ संस्था र अगुवाहरुले दबाव दिन थालेका छन् ।

धारापानीमा अस्पताल बनाउने निर्णय कार्यान्वयनको माग गर्दै स्थानीय राजनीतिकर्मी, आमा समूह र युवा क्लवका प्रतिनिधिले आइतबार जिल्ला समन्वय समिति, राजनीतिक दल र प्रशासनमा ध्यानाकर्षणपत्र बुझाएको नेकपाका जिल्ला सदस्य रिमप्रकाश थापाले बताउनुभयो ।

यसअघि गाउँपालिकाका अध्यक्ष थमसरा पुन र वडा अध्यक्ष कलानिधी सुबेदीलाई ज्ञापनपत्र बुझाएका थिए । धारापानीको सिर्जनशिल हिमाली युवा क्लवले आइतबार साँझदेखि दरवाङ–धारापानी–ताकम–मुना सडक अवरुद्ध पारेका छन् ।

Bhautik ministry notice about road

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले छलफलको माध्यमबाट अस्पताल बनाउने ठाउँको बिवाद समाधानका लागि पहल गरिएको बताउनुभयो । अस्पताल बनाउन ताकम स्वास्थ्य चौकी परिसरमा गत वर्ष जग्गा समेत खरिद भइसकेको छ ।

गाउँपालिका र बेगका बासिन्दाबीच उत्पन्न स्थान बिवादले रघुगंगा गाउँपालिकामा पनि अस्पताल बनाउने योजना कार्यान्वयनमा अन्यौलता सिर्जना भएको छ । कात्तिक २० गतेको कार्यपालिका बैठकले सबै पालिका बासिलाई सेवा लिन पायक पर्ने र सहज हुने भएकाले मौवाफाँटमा १० शैया क्षमताको अस्पताल बनाउने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ वर्षअघि एक स्थानीय तह एक अस्पताल कार्यक्रमका अन्तरगत रघुगंगा–१ बेगलाई छनौट गरेको थियो । कार्यपालिका निर्णयप्रति फरक मत राख्दै आउनुभएका वडा अध्यक्ष बिलप्रसाद फगामीले ठाउनै तोकेर आएको योजना अन्यत्र लैजान नहुने र नदिने भन्दै बेगमा जग्गा ब्यवस्थापन गरिसकेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाले वडा न. १ दोवामा अस्पताल बनाउने सर्बसम्मत निर्णय गरेको थियो । अन्य वडाका बासिन्दाहरुलाई पनि सेवा लिन सहज हुने गरेर सुरक्षित ठाउँमा निशूल्क जग्गाको ब्यवस्थापन गर्न लागिएको दोवाका वडा अध्यक्ष दिलिपकुमार गर्बुजाले बताउनुभयो ।

उहाँका अनुसार दोवा गाउँ नजिकै विभिन्न ठाउँमा स्थानीयले अस्पताल बनाउन १० रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउन सहमति दिएका छन् । तर बेनी–जोमसोम सडक नजिक पर्ने औला अथवा सुनारी क्षेत्रमा अस्पताल बनाउन जोड गरिएको छ ।

बेनी नगरपालिकामा जिल्ला अस्पताल र मालिकाको केन्द्र दरवाङमा प्राथमिक स्वास्थ्य केन्द्र छ । स्थानीय तहहरुको अस्पताल बनाउन प्रस्तावित जग्गाको मूल्याङ्कन समितिका अध्यक्ष समेत रहनुभएका म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सबै ठाउँमा प्रस्तावित जग्गाको स्थलगत निरिक्षण गरेको बताउनुभयो ।

प्राकृतिक बिपद्को जोखिमका हिसाबले सुरक्षित, पर्याप्त जग्गा भएको र पायक पर्ने ठाउँको जग्गा छनौट गरेर सिफारिस गर्न पालिकाहरुसँग समन्वय गरिएको उहाँले बताउनुभयो । अस्पताल बनाउन सरकारले अन्नपूर्ण र धवलागिरी गाउँपालिकालाई ७०÷७० लाख, रघुगंगा र मंगला गाउँपालिकालाई ८५÷८५ लाख रुपैयाँ बजेट पठाएको छ ।

गाउँमै अस्पताल बन्ने भएपछि उत्साहीत बनेको दोवाका धनबहादुर पाइजाले बताउनुभयो । सामान्य बिरामी पर्दा समेत सहर बजार पुग्नुपर्ने बाध्यता हट्ने उहाँको भनाई छ । स्थानीयबासीहरुले पनि बिवाद समाधान गरेर सबै पालिका बासीलाई पायक पर्ने ठाउँमा अस्पताल बनाउनु पर्ने बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...