मुना मालिकाको प्रर्वद्धनमा जुट्यो धवलागिरी गाउँपालिका

khali

बेनी, ः पहाडको टाकुरा । वरपर घना जङगल । मानव बस्ति देखि टाढाको शान्त वातावरण । चराचुरुङ्गी र वन्यजन्तुको आवाज । सुर्योदय र सुर्यास्तको मनमोहक दृष्य ।

आँखै अगाडी देखिने हिमालको लामो लर्कन । बिहानपख तलतिर हेर्दा देखिने बादलमाथि उडाउदै गरेको सुर्य । बसन्त याममा पाखाभरी ढकमक्क फूल्ने लालीगुराँस । बर्खामा बुकी फुलेर रंगिने पाखा । समुन्द्रि सतहदेखि तीन हजार सात सय मिटर उचाईमा रहेको म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित मुना मालिका मनमोहक र प्राकृतिक सुन्दरतायुक्त स्थल हो ।

बादलमाथि सुर्योदय भएको र पृष्ठभूमिमा हिमाल देख्न पाउने फरक बिशेषता पाइन्छ । बादलमाथि, सुर्योदय र पृष्ठभूमिमा हिमालको दृष्य देखिने अन्य ठाउँ बिरलै छन । यहाँबाट देखिने दृष्यले मोहित बनाउछ ।

Shreekrishna hardwear in news

मुना मालिकाबाट पुथा, गुर्जा, सिस्ने, धौलागिरि, मानापाथी, अन्नपूर्ण, निलगिरि हिमशृङखलाको अवलोकन गर्न सकिने धवलागिरि गाउँपालिका ३ मुनाका वडा अध्यक्ष देवेन्द्र रोकाले बताउनुभयो । म्याग्दी र बागलुङका बस्तिहरु देखिन्छ । बादल र पहाडको लुकामारी हेर्न पाइन्छ । मुना देखि मालिका धुरी जाने पदमार्गमा दुर्लभ बन्यजन्तु रेडपाण्डा (हाब्रे) पनि देख्न सकिन्छ ।

मुना मालिकामा हरेक वर्षको वुद्धपूर्णिमाका दिन मेला लाग्ने गर्छ । जालिका, मालिका र कालिका देविको थान रहेको छ । त्यसदिन पुजाआजा गर्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।

khali

मालिका गाउँपालिकाको देविस्थान र धवलागिरीको मुनाका बासिन्दाहरु यहाँ पुजाआजाका लागि जाने गर्दछन् । पहिले पहिले यहाँ धार्मिक मेला लाग्ने र ठेलो फाल्ने प्रतियोगिता हुने गरेको बुढापाका बताउछन् । यो क्षेत्रमा मुनाका कृषकहरुले गाईभैसी र भेडाबाख्राको गोठ लैजाने चलन थियो ।

धार्मिक, पर्यटकीय हिसाबले सम्भावनायुक्त भएपनि मुना मालिका स्थानीय स्तरमै सिमित छ । प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको हो । धवलागिरीको केन्द्र समेत रहेको मुना देखि पाँच घण्टा उकालो यात्रा गरेपछि मालिका धुरीमा पुगिन्छ । पाहुना, पर्यटक र भक्तजन आश्रयस्थलमा बास बस्छन् । होटल तथा रेष्टुरेन्ट नभएकाले खाने र बन्दोबस्तीका सामान आफै लैजानुपर्ने हुन्छ ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडा अध्यक्ष रोका सहित जनप्रतिनिधी, पर्यटनकर्मी, सञ्चारकर्मी, स्थानीयबासी र गाउँपालिकाका कर्मचारीहरुको टोलीले केही दिनअघि मुना मालिकामा पुगेर पर्यटन प्रर्वद्धन कार्यक्रम गरेका थिए ।

वडा अध्यक्ष रोकाले मुना मालिका जोड्ने सडक निर्माणका लागि यस वर्ष प्रदेश सरकारबाट रु. २० लाख र गाउँपालिकाबाट रु. १५ लाख बजेट बिनियोजन गरेको बताउनुभयो । सो बजेटबाट सडक निर्माण गरेर एक घण्टा भन्दा कम पैदलयात्रा गर्ने ब्यवस्था मिलाउन लागिएको रोकाले बताउनुभयो ।

यात्राअवधी र बाटो छोट्याउने, देविस्थान, ताकमकोत र ढोरपाटनको जलजलासँग मुना मालिकालाई जोडेर पदमार्ग सञ्चालनका लागि सम्भाव्यता अध्ययन भैरहेको उहाँले बताउनुभयो ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...