अन्नपूर्णका ९ सहित म्याग्दीमा ११ जना कोरोना संक्रमित थपिए

Gandaki Pardesh notice

बेनी, । अन्नपूर्ण गाउँपालिकाका ९ जना सहित सोमबार म्याग्दीमा ११ जनामा कोरोना (भाइरस)को संक्रमण पुुष्टि भएको छ ।

कन्ट्याक टे«सिङ र शंकास्पद बिरामीहरुको मंसिर १२ गते २७ वटा स्वाब नमुना संकलन गरेर पिसिआर परिक्षणका लागि पोखराको प्रयोगशालामा पठाइएको थियो ।

तनहुँ ठेगाना भई अन्नपूर्ण–२ बस्ने ४९ वार्षीय पुरुष, अन्नपूर्ण ३ का ५४ र ४५ वर्षका दुई जना पुरुष, १ महिला, मुस्ताङ ठेगाना भई भुरुङ तातोपानी बस्ने १ जना ३६ वर्षीया महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उहाँका अनुसार अन्नपूर्ण २, ३ र ८ ठेगाना भएका वर्ष ५०, २७ र ३७ का एक, एक जना पुरुष, बैतडी ठेगाना भई रघुगंगा बस्ने २६ वर्षका पुरुष, गुल्मी ठेगाना भई बेनी बस्ने ३३ वर्षका पुरुष, ३४ वर्षकी महिला, बेनी नगरपालिका १० ठेगाना भएका १ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी मोरङ ठेगाना भई हाल नारच्याङको निलगिरी जलबिद्युत आयोजनामा कार्यरत वर्ष २९ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । हालसम्म म्याग्दीमा कोरोना संक्रमितको संख्या १४५ जना पुगेको छ ।

लक्षण देखिएपछि बेनी अस्पतालमा स्वास्थ्य परिक्षण गराउन गएकाहरुको स्वाब नमुना संकलन गरेर परिक्षण गर्न पठाइएको थियो । सबैभन्दा बढी संक्रमित भुरुङ तातोपानीका रहेका छन् । हाल स्वास्थ्य अवस्था सामान्य भएका संक्रमितहरु होम आइसोलेशनमा बसेका अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...