किसान हुँ म गर्दछु कर्म आफनै देशमा ।
बेला र बखत मेला र पात आफनै भेषमा ।
न हिउँद\ वर्षा न झरी बादल किसान बनेसी ।
स सानो कमाई हुन्छ नि यहाँ कर्मशील\ बनेसी ।
नराखी जमिन ओर र पर फलफुल थपिदेउ ।
गोड\मेल गर जाँगर चलाउ मलजल थपिदेउ ।
बाजो नै राखे कुना र कोप्चा धर्तीले धिक्कार्ला ।
अलछी गरे यही कर्म गर्न भाग्यले धिक्कार्ला ।
जाँगर गरी कोदाली चलाउ खेत र बारीमा ।
काँटछाँट गर मलजल गर केराको घारीमा ।
घुमफिर गर्दै खेर जान नदेउ जोशीला पाखुरी ।
जाँगर नभई फल कहाँ पाउँछौ भन न कसरी ।
बाटो र सिँचाइ निर्वाध पुगोस् किसानको खेतमा ।
औषधि मुलो बिउ बिजन मिलोस् पहिलो भेटमा ।
राज्यले ध्यान यसरी दियोस् किसान खुसी होउन ।
अनाज फलफुल उमार्न किसान सदैव हौसिउन।
रचयिताः (शिक्षक ; मुक्तिमार्ग मावि, घार)