किसान

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

 किसान हुँ म गर्दछु कर्म आफनै देशमा ।

 बेला र बखत मेला र पात  आफनै भेषमा ।

 न हिउँद\ वर्षा न झरी बादल किसान बनेसी ।

Shreekrishna

 स सानो कमाई हुन्छ नि यहाँ कर्मशील\ बनेसी ।

 नराखी जमिन ओर र पर फलफुल थपिदेउ ।

 गोड\मेल गर जाँगर चलाउ मलजल थपिदेउ ।

 बाजो नै राखे कुना र कोप्चा धर्तीले  धिक्कार्ला ।

अलछी गरे यही कर्म गर्न भाग्यले धिक्कार्ला ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

 जाँगर गरी कोदाली चलाउ खेत र बारीमा ।

 काँटछाँट गर मलजल गर केराको घारीमा ।

 घुमफिर गर्दै  खेर जान नदेउ  जोशीला पाखुरी ।

 जाँगर  नभई फल कहाँ पाउँछौ भन न कसरी ।

 बाटो र  सिँचाइ निर्वाध पुगोस् किसानको खेतमा ।

 औषधि मुलो बिउ बिजन मिलोस् पहिलो भेटमा ।

 राज्यले ध्यान यसरी दियोस् किसान खुसी  होउन ।

 अनाज फलफुल उमार्न किसान सदैव हौसिउन।

रचयिताः (शिक्षक ; मुक्तिमार्ग मावि, घार) 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...