गोपाल आचार्य
प्रभुचेला, म्याग्दीको मालिका गाउँपालिका–७ बिमको प्रभुचेला आश्रममा शनिबार विभिन्न कार्यक्रम गरेर विश्व ध्यान दिवस मनाइएको छ ।
परापुर्व कालमा ऋषि मुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको प्रभुुचेलामा ध्यान दिवसको अवसरमा बेनी सहित म्याग्दीका विभिन्न ठाउँबाट गएका करिब दुई सय जना योगीहरुले ध्ध्यान दिवसको अवसरमा योग र ध्यान गरेका छन् ।
संयुुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई ध्यान दिवसको रुपमा मनाउने निर्णय गरेको छ । प्रभुु चेला धुरी ब्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रभुुचेलालाई ध्यान केन्द्रको रुपमा विकास गर्ने र यसमा मालिका धुरीलाई पनि जोडिएको बताउनुभयो ।
प्रभुुचेलामा गण्डकी प्रदेश सरकार, गाउँपालिका र समुदायले ध्यान केन्द्रका लागि पूर्वाधार समेत तयार पारेका छन् । मेडिटेशन सेन्टर बनाउने लक्ष्य सहित काम भइरहेको प्रभुचेला धुुरी ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका योग गुरु नविन जुग्जालीले बताउनुभयो ।
कार्यक्रममा बिमका वडा अध्यक्ष टकलाल पुन, योगी ओमकुमारी फगामी, सञ्चारकर्मी गोपाल आचार्य, कर्ण जुग्जाली, कलिप्रसाद जुग्जाली, दिलमाया रोकाले मन्तब्य व्यक्त गर्नुभएको थियो । योगी सिता घलेको नेतृत्वमा योग नृत्य प्रस्तुत गरिएको थियो ।
स्वर्णद्धारी महाप्रभुका उत्तराधिकारी कपिलानन्द स्वामीले वि.स. १९७० देखि १०७५ सम्म तपस्या गरेको स्थल, कुुटी, साधना स्थल र हवन कुुण्डको प्रभुुचेलामा संरक्षण गरिएको छ ।
त्नाव, चिन्ता, आक्रोशको समस्या समाधानका लागि प्रभुुचेलामा पुुगेर ध्यान र मेडिटेशन गर्न सकिन्छ । कार्यक्रमको सञ्चालन प्रभुुचेला धुरी ब्यवस्थापन समितिका सचिव सुरमन गर्बुजाले गर्नुभएको थियो ।