धारापानीमा दरवाङ–मुना सडक अबरोध

Gandaki Pardesh notice

धारापानी, । धवलागिरी गाउँपालिका–७ धारापानीका युवाहरुले दरवाङ–धारापानी–ताकम–मुना सडक अवरुछ पारेका छन् ।

पालिका स्तरीय अस्पताल बनाउने निर्णय कार्यान्वयनको माग गर्दै धारापानीको सिर्जनशिल हिमाली युवा क्लवले आइतबार साँझदेखि धारापानी प्रवेश गर्ने नाकामा सडक अवरुद्ध बनाएका हुन् । सडक अवरुद्ध हुँदा दरवाङबाट धारापानी हुदै ताकम, मुना तर्फ र मुनाबाट दरवाङ बेनी आउने गाडीहरु बिच बाटोमै रोकिएका छन् ।

गाउँ प्रवेश गर्ने नाकाको सडकमा गरालो हालेर सवारी साधनलाई आवत जावत गर्न अवरोध गरेका हुन् । मंसिर १५ गते ताकममा अस्पताल भवन शिलन्यास हुन लागेको भन्दै त्यसलाई असफल पार्न सडक अवरोध गरेको क्लवका उपाध्यक्ष गणेश खत्रीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

२०७४ साउन २५ गते गाउँपालिकाको स्थायी केन्द्र कायम गर्न बसेको गाउँसभाले धारापानीमा १५ शैयाको अस्पताल बनाउने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै सरकारको सबै स्थानीय तहमा अस्पताल बनाउने योजना धारापानीमा हुनुपर्ने माग गर्दै स्थानीय संघ संस्था र अगुवाहरुले दबाव दिन थालेका हुन् ।

धारापानीमा अस्पताल बनाउने निर्णय कार्यान्वयनको माग गर्दै स्थानीय होमबहादुर थापा, रिमप्रकाश थापा, यामन रोका सहित आमा समूह र युवा क्लवका प्रतिनिधिले आइतबार जिसस, राजनीतिक दल र प्रशासनमा ध्यानाकर्षणपत्र बुझाएका छन् ।

यसअघि शुक्रबार गाउँपालिकाका अध्यक्ष थमसरा पुन र वडा अध्यक्ष कलानिधी सुबेदीलाई ज्ञापनपत्र बुझाएका थिए । धारापानीका अगुवाहरुले बेवास्ता गरेमा मंसिर १५ गते गर्ने भनिएको अस्पताल शिलन्यास कार्यक्रम बिथोल्ने लगायतका बिरोधका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वडा न. ७ ताकम स्थित स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने सूचि सार्वजनिक भएको छ । गाउँसभाको निर्णय र मन्त्रालयले छनौट गरेको अस्पताल बनाउने ठाउँ फरक परेपछि बिवाद देखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...