म्याग्दीका पत्रकारको दुर्घटना बिमा

Gandaki Ghumau

बेनी । म्याग्दीका पत्रकारहरुको दुर्घटना बिमा गर्न शुरु भएको छ । नेपाल पत्रकार महासंघको २७ औ अधिवेशन अन्तगर्तत मङसिर २८ गते भएको निर्वाचनबाट चयन भएको म्याग्दी शाखाको सातौ कार्यसमितिको पहिलो बैठकले पत्रकारको दुर्घटना बिमा गर्ने कार्यक्रम शुरु गरेको हो ।

कार्यसमितिको बुधबारको पहिलो बैठकको निर्णय अनुसार म्याग्दीमा तीन वर्ष देखि क्रियाशिल रहेका पत्रकारहरुको रु. १० लाखको दुर्घटना बिमा गर्न थालिएको शाखा अध्यक्ष हरिकृष्ण शर्मा गौतमले जानकारी दिनुभयो । “शिखर इन्स्योरेन्स कम्पनीमार्फत बिमा गर्ने र बिमा शुल्क पत्रकार महासंघले ब्यहोर्ने ब्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “भैपरी आउने दुर्घटनापछि राहतका लागि बीमा गरिएको हो ।”

पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का, निर्वतमान अध्यक्ष एवम् पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल र पूर्व अध्यक्ष तारानाथ शर्माको बिमा गरी शुभारम्भ गरिएको तथा बाँकी अन्यको पनि क्रमशः बिमा गर्दै लैजाने योजना रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

पत्रकार कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कामका बेला कुनै पनि प्रकारका दुर्घटनामा परि मृत्यु वा पूर्ण रुपमा अशक्त भएमा रु. १० लाख सम्मको प्रिमियम उपलब्ध गराइने छ । दुर्घटनाबाट घाइते भएमा उपचारका लागि रु. एक लाखसम्म उपलब्ध गराउने ब्यवस्था मिलाइएको छ ।

यसैबीच म्याग्दीमा पत्रकारिता क्षेत्रलाई थप फराकिलो बनाउन नयाँ पत्रकार उत्पादन तथा क्षमता विकासमा केन्द्रित हुने गरी महासंघको मातहतमा पत्रकार पाठशाला समेत सञ्चालन गरिने भएको छ । पत्रकार महासंघ म्याग्दीले आधारभुत तथा एडभान्स तालिमका लागि पनि आवश्यकता महसुस गरेर पाठशालाको अवधारणा ल्याएको हो ।

पत्रकार महासंघ म्याग्दीले जिल्लामा विभिन्न क्षेत्रमा देखिएका समस्यामा केन्द्रित भएर बहस तथा जनसरोकारको क्षेत्रमा प्राथमिकता दिने अध्यक्ष गौतमको भनाई छ । जिल्लामा अलपत्र परेका विकासे योजना तथा सेवाप्रवाहमा देखिएको ढिलासुस्ती बिरुद्ध खवरदारी समेत गरिने छ ।
नेपाल पत्रकार महासंघको निर्वाचन समितिका संयोजक तारानाथ शर्माले नवनिर्वाचित टिमलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद तथा गोपनियताको सपथ गराएका थिए । पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा हरिकृष्ण गौतम, उपाध्यक्षमा अमृत बास्कुने र अमित बिश्वकर्मा, सचिव ठाकुरप्रसाद आचार्य, उपसचिव प्रताप बानियाँ र सन्दिप शर्मा रिजाल, कोषाध्यक्षमा साधन राम्जाली एवम् सदस्यहरुमा कमल खत्री, राकेश शर्मा र केन्द्रिय परिषद् सदस्यमा विनोद धौलागिरी निर्विरोध निर्वाचित हुनुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...