धवलागिरीको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बन्दै

khali

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको मुनामा आइतबार विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना निर्माणका लागि कार्यशाला गोष्ठि भएको छ ।

युएसआइडीको सहयोगमा पारिस्थितिक प्रणालीमा आधारित अनुकल तथा कोभिड–१९ प्रतिकार्यका लागि स्थानीय सरकारको क्षमता विकास कार्यक्रम अन्तरगत हरियो बन कार्यक्रमले योजना बनाउन लागेको हो ।

प्राकृतिक बिपद् र महामारीको जोखिम आँकलन गरेर क्षति न्युनीकरण, विपद् पछिको ब्यवस्थापन लगायतका योजना निर्माण गर्न गाउँपालिकाका पदाधीकारी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिकर्मी र सरोकारवालाहरुबीच समूह बिभाजन गरेर छलफल गरिएको हो । सात वटा समूह बिभाजन गरेर विपद् न्युनिकरण, ब्यवस्थापनका लागि गर्ने कामका सूचि तयार पारिएको छ ।

Shreekrishna hardwear in news

हरियो बन कार्यक्रमका टिम लिडर भुपमणी दाहालले पालिकाका सरोकारवालाहरुको सुझाव, स्थलगत अध्ययन, जोखिमको पहिचान, क्षत्ति न्युनीकरणका उपाय र विपद्पछिको उद्धार, राहत र ब्यवस्थापनका लागि योजना तयार पारेर पालिकालाई बुझाउने बताउनुभयो ।

khali

पहिरो, कटान, बाढी, भूक्षय, आगलागी, हावाहुरी, हिमपात, असिना, चट्याङ् आदी प्राकृतिक बिपद्को पहिचान र क्षति न्युनिकरणका उपाय सहित मंगला र धवलागिरी गाउँपालिकाको समेत विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना बनाउन लागेको हरियो बन कार्यक्रमले जनाएको छ ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गत असारको पहिरोले विपद् ब्यवस्थापन योजनाको आवश्यकता महशुस गराएको बताउनुभयो । प्राबिधिक ज्ञान, सिप र दक्षताको अभावमा योजना नहुँदा विपद् ब्यवस्थापनमा कठिनाई भएको उहाँको भनाई थियो ।

गाउँपालिकाका शिक्षा अधिकृत कमल ढकालले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेल, नेकपाका पालिका कमिटि अध्यक्ष खुमनाथ सुबेदी, नेपाली काँग्रेसका पालिका स्तरीय कार्यसमितिका सभापति प्रेम पुन लगायतको उपस्थिति थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...