जिप दुर्घटनामा किशोरीको मृत्यु, पाँच जना घाइते

Sinchai Khanipani notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरको काफलचौरमा आइतबार भएको जिप दुर्घटनामा किशोरीको ज्यान गएको छ ।

Bhautik ministry notice about road

बाबियाचौरको लाम्पाटादेखि सल्यानतर्फ जादै गरेको ००१ च ०२५२ नम्बरको जिप ताराखेतको भाइवाङ खोलामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगला–२ की १२ वर्षिया करिष्मा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

गाडी धनी समेत रहेका चालक खुमबहादुर कटुवाल र सुनिता क्षेत्रीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । सुकला केसी, कृपा क्षेत्री र राजन केसीको बेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका सबै खुमबहादुरका परिवारका सदस्य र आफन्तहरु हुन् ।
बोलेरो जिप सडक देखि भाइवाङ खोलाको किनारमा खसेको थियो । साँघुरो, घुम्ति नमिलेको, उकालो सडकमा जिप दुर्घटनाभएको थियो । घाइतेहरुलाई स्थानीयबासी, जनप्रतिनिधि र प्रहरीले उद्धार गरेर बेनी पठाएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...