हरियालीको साधारणसभा

Gandaki Ghumau

सिंगा, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा कम्पनीको अगुवाईमा कृषकहरुको सहभागितामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अबधिमा रु. तीन करोड भन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा रु. तीन करोड १६ लाख ६३ हजार चार सय ७८ मूल्य बराबरको अण्डा, ताजा तरकारी, माछा, फूल, मल आदी कृषि जन्य बस्तु बिक्री भएको कम्पनीको शनिबार सिंगामा भएको छैठौ साधारणसभामा जानकारी गराइएको थियो ।

कम्पनीले प्राकृतिक उपचार स्थलको रुपमा परिचित सिंगा तातोपानीमा स्नान र भ्रमणमा आउने पाहुनाहरुका लागि सिंगामा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेको अध्यक्ष सेरबहादुर केसीले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

गत वर्षको तुलनामा तरकारी तथा फलफूल, लेयर्स कुखुरा, लोकल कुखुरा, मल बिक्री र रेष्टुरेष्टतर्फको आम्दानी बढेको उहाँले बताउनुभयो । रु. १२ करोड लगानी भएको हरियाली म्याग्दीको सबैभन्दा ठूलो कृषि फार्म हो ।

६४ जना शेयर सदस्यको रु. चार करोड ८३ लाख शेयर पँुजि रहेको कम्पनीमा राष्ट्रिय वाणिज्य बैंकले रु. पाँच करोड सहुलियतपूर्ण ब्याज अनुदानको ऋण लगानी गरेको छ । राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको परिकल्पना अनुसार २०७५ मा नमुनाको रुपमा शुरु गरिएको हरियालीको कृषि परियोजना कृषक, जनप्रतिनिधि र सरकारी अधिकारीहरुको लागि अध्ययन केन्द्रको रुपमा विकास भएको छ ।

सिंगामा १७ परिवार कृषकको ८५ रोपनी, आङेबगरमा १९ परिवारको ८५ रोपनी र भकिम्लीमा १०.५ रोपनी जग्गा धनीसँग सम्झौता गरेर कृषि फार्म सञ्चालन गरिएको छ । नेपालमै पहिलो पटक म्याग्दीमा लागि गरिएको हरियाली मोडेल कृषि बिकासको माध्यम बनाउन प्रभावकारी देखिएको राष्ट्रिय योजना आयोगका पुर्व अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...