फलियागाउमा न्यु धौलागिरि सहकारीको सेवा केन्द्र स्तरीय साधारणसभा

Gandaki Ghumau

बेनी, । धवलागिरी गाउँपालिका–३ फलियागाउमा शनिबार न्यु धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्र स्तरीय वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

२५ औ वार्षिक साधारणसभाको कार्यतालिका अनुसार फयागाउँमा सेवा केन्द्रका संयोजक मदन मल्लको अध्यक्षतामा भएको साधारणसभाको धवलागिरी गाउँपालिका–३ मुनाका वडा अध्यक्ष देवेन्द्र रोकाले उद्घाटन गर्नुभयो ।

Gunasthariya Shiksya

राजेश भण्डारीको सञ्चालन र सेवा केन्द्र उपसमितिका सदस्य मतिप्रसाद पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा धवलागिरी गाउँपालिका–४ का वडा अध्यक्ष याम बहादुर घर्ति, सहकारीका सञ्चालक समिति अध्यक्ष अमृतलाल श्रेष्ठ, सञ्चालक राम्जीप्रसाद सुवेदी, सेयर सदस्य रश्मि रसाइली लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna

सहकारीले यसअघि अन्नपूर्ण गाउँपालिकाको घार सेवा केन्द्र स्तरीय साधारणसभा गरिसकेको छ । दरवाङ, बाबियाचौर, तातोपानी, मल्लाजमा हुने सेवा केन्द्र स्तरीय साधारणसभाबाट छनौट भएका प्रतिनिधीहरुको उपस्थितिमा पुष १० गते बेनीमा इकाई प्रतिनिधीहरुको निर्णय प्रमाणित भेला हुने सहकारीले जनाएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...